सर्वदलीय बैठकमा एमालेले भन्योः सरकारले ‘विघ्नबाधा’ ल्याए प्रतिवाद गर्छौं

काठमाण्डु टुडे २०८२ चैत २३ गते १३:०७ मा प्रकाशित

काठमाण्डू, २३ चैत– एमालेले संसदमा विधिको शासन र संविधानप्रदत्त अधिकारको सुनिश्चिततामा जोड दिँदै सरकारलाई खबरदारी गर्ने तयारी गरेको छ । संघीय संसद सचिवालयले आज आयोजना गरेको सर्वदलीय बैठकमा एमालेले यस्तो बताएको हो ।

बैठकपछि एमाले नेता गुरु बरालले पत्रकारहरुसँग भने, ‘विधिको शासन भित्र कानुनको परिपालनाको विषयमा हामी कुनै विवाद गर्दैनौं, त्यसलाई प्रवलीकरण गर्ने काममा हामी लाग्छौं । जहाँ कानुनको उल्लंघन छ, जहाँ विधिको शासनमा प्रश्न उठ्छ त्यो गम्भीर विषय छ ।

हामी त्यस विषयमा आवाज बुलन्द गर्ने छौं ।’ संविधान प्रदत्त नागरिकका मौलिक अधिकार, राजनीतिक अधिकार, समानताको हकसँग सम्बन्धित अधिकारहरु सही रुपले प्रयोग गर्न सकौं भनेर सरकारलाई खबरदारी गर्ने जानकारी उनले दिएका छन ।

अन्यथा सरकारको प्रतिवाद गर्ने उनले चेतावनी समेत दिएका छन । उनले भने, ‘त्यस विषयमा सरकार कुनै ढंगले विघ्नबाधा नल्याओस् । बिघ्नबाधा सरकारले ल्याए हामी प्रतिवाद गर्नेछौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us