काठमाण्डू, २२ चैत– अधिवक्ता डा. नारायण दत्त कडेल महान्यायाधिवक्ता पदमा नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री बालेन शाहको सिफारिसमा कडेललाई उक्त पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार बागलुङका कडेललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको हो।