प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाण्डु टुडे २०८२ चैत २३ गते १२:४१ मा प्रकाशित

काठमाण्डू, २३ चैत– प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय सर्वदलीय बैठकले गरेको छ । संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन आज बसेको सर्वदलीय बैठकले नयाँ नियमावली बनाउने निर्णय गरेको हो ।

बैठकले प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्नका लागि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो । यस्तै, २१ सदस्यीय कार्यव्यवस्था परामर्श समित बनाउने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिनिधिसभा नियमावलीमा २१ सदस्य रहने व्यवस्था रहेको छ । आजकै बैठकले संसदको कामकारबाहीलाई डिजटल बनाउँदै लैजाने निर्णय समेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us