काठमाण्डू, २२ चैत– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यसपटकको संसद्ले कानुनी रिक्तता पूरा गर्नुपर्ने बताएकी छन । डिपी अर्याललाई सभामुख बनाउने प्रस्तावको समर्थनमा बोल्दै कानुनमन्त्री गौतमले यस्तो बताएकी हुन् । उनले भनेकी छन, ‘यसपटकको संसद्ले कानुनी रिक्तता पूरा गर्नुपर्ने छ । शासनलाई...
काठमाण्डू, २२ चैत– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेता टुंगो लगाएको छ । उक्त दलको निर्णयअनुसार संसदीय दलको नेतामा झक्कु सुवेदी चयन भएका हुन् । दलको अध्यक्ष चयन भएका सुवेदीले नै आज मात्रै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्र दिएको जानकारी...
काठमाण्डू, २२ चैत– शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका छन । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार, उनलाई बयानका लागि नियन्त्रणमा लिइएको हो ।‘बयानका लागि बोलाएका थियौं । उहाँ यहाँ...
काठमाण्डू, २२ चैत– प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डीपी अर्यालको शपथ ग्रहण आजै हुने भएको छ । उनले आज दिउँसो साढे २ बजे शपथ ग्रहण गर्नेछन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि उनी आजै...
काठमाण्डू, २२ चैत– आज (आइतबार) मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारले पहिलो बैठकबाट १०० वटा कार्यसूची सार्वजनिक गरेको थियो ।...
काठमाण्डू, २१ चैत– राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रास्वपा सभापति रवि लामिछानेलाई भेटेर उपसभामुखमा दाबी गरेका छन् । शाहीले शनिबार लामिछानेलाई भेटेर सभामुख आफ्नो दललाई दिन भनेका हुन् । सभामुखमा रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्याल शुक्रबार निर्विरोध निर्वाचित भइसेकका छन् । सभामुखमा अर्यालविरुद्ध उम्मेदवारी...
काठमाण्डू, २१ चैत– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा काठमाण्डूमा प्रदर्शन गरिएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता र सहुलियतको माग राखेर राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानको आयोजनामा शनिबार प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले पेट्रोलमा कर खारेज गर, मूल्य घटाएर जनतालाई...
काठमाण्डू, २१ चैत–परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित मुलुकको अन्तरराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रूपमा शनिबार काठमाण्डूमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री खनालले सबै...
काठमाण्डू, २१ चैत– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई अस्ट्रेलियाले बधाई दिएको छ । नेपालस्थित अस्ट्रेलियन दूतावासले विदेशमन्त्री पेनी वोङले बालेनलाई बधाई दिएको जनाएको छ । दूतावासका अनुसार विदेशमन्त्री वोङले प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै उनको कार्यकालमा अस्ट्रेलिया र नेपालबीचको मित्रता थप सुदृढ हुने...
सुनसरी, २१ चैत–सुनसरी इटहरी उपमहानगरपालिका–२० तरहरामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा इटहरी–२ शान्तिनगरका अन्दाजी ५० वर्षीय अमरबहादुर भुजेल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । प्रदेश १–०२–०२० प ६८८३ नम्बरको...
झापा, २१ चैत–झापाको बिर्तामोडमा घरको तीन तलामाथिबाट खसेर बालिकाको मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित तीन तला माथिबाट खसेर मनोज आचार्यकी छोरी ५ वर्षीया मानस्वीको मृत्यु भएको हो । दमक–४ की बालिका पाहुना गएको घरको छतबाट शनिबार बिहान ८ः३० बजे खसेर गम्भीर घाइते...
काठमाण्डू, २१ चैत- एमाले युवासंघका सचिवालय सदस्य वकिल बम पक्राउ परेका छन् । प्रहरीको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गुण्डागर्दीमा संलग्न रहेको आरोपमा बमलाई गएराति पक्राउ गरेको हो । प्रहरीले संगठित रुपमा गुडागर्दीमा संलग्न रहँदै आएको आरोप बममाथि लगाएको छ । बम एमाले...