काठमाण्डू, २१ चैत– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई अस्ट्रेलियाले बधाई दिएको छ ।
नेपालस्थित अस्ट्रेलियन दूतावासले विदेशमन्त्री पेनी वोङले बालेनलाई बधाई दिएको जनाएको छ ।
दूतावासका अनुसार विदेशमन्त्री वोङले प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै उनको कार्यकालमा अस्ट्रेलिया र नेपालबीचको मित्रता थप सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।
बधाई सन्देशमा शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री बालेनसँग सहकार्य गर्न आफू तत्पर रहेको उनको भनाइ छ ।