शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ

काठमाण्डु टुडे २०८२ चैत २२ गते १३:०१ मा प्रकाशित

काठमाण्डू, २२ चैत– शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका छन । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार, उनलाई बयानका लागि नियन्त्रणमा लिइएको हो ।‘बयानका लागि बोलाएका थियौं । उहाँ यहाँ आउनुभएको छ,’ ठाकुरले भने ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविद्ध अनुसन्धान भइरहेको छ । सोही अनुसार, उनलाई शुक्रबार राति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए । उनलाई पछि विभागले तारेखमा छाडेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us