काठमाण्डू, १० फागुन– कांग्रेस बीपीका नेता कर्ण मल्लसहितलाई नेपाली कांग्रेसमै फर्किन आग्रह गरेको छ । तत्कालीन डडेलधुरा कांग्रेसका सभापतिसमेत रहेका उनलाई कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदले विज्ञप्ति जारी गर्दै मल्ल, उपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट र भरत नेपाली लगायत सबै नेता तथा क्रियाशील...
काठमाण्डू, १० फागुन– डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्ती भन्ने ठाउँमा सु.प.प्र. ०३ ००१ च ००१४ नं. को जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा परी बोगटान फुड्सिल...
काठमाण्डू, १० फागुन– फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । कार्यवाह निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनमा सबै मतदाताको सहभागीताका लागि फागुन २०, २१ र २२ गते गरी तीन दिन...
काठमाण्डू, १० फागुन– प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीको फिक्कल घर भएका १८ वर्षीय मेन्सुहाङ राई, बुढानिलकण्ठका १८ वर्षीय समीर तामाङ, खोटाङका १८ वर्षीय प्रज्वल राई र दोलखाका १८ वर्षीय जनम तामाङ रहेको प्रहरीले जानकारी दिएको...
काठमाण्डू, १० फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पालिका चलाउन नसक्नेले देश चलाउँछु भन्दै हिँडेको बताएका छन । आज (आइतबार) झापामा आयोजित एक कार्यक्रममा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई लक्ष्य गर्दै यस्तो बताउका हुन । अध्यक्ष...
काठमाण्डू, १० फागुन– काठमाण्डूको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा चितुवा पसेको छ केहीबेर अघि एउटा घरमा पसेको चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन कुमार भट्टराईले जानकारी दिएका छन । घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेको...
काठमाण्डू, १० फागुन– निर्वाचन आयोगले फागुन २१ को चुनावलाई लक्षित गर्दै ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आज (आइतबार) सरकारलाई पत्र लेखेर आयोगले चुनावमा ३ दिन बिदा दिन सिफारिस गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन । उनले भने, ‘निर्वाचनमा मतदाताको...
काठमाण्डू, १० फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा समानुपातिक उम्मेदवार खुश्बु ओलीले देश बचाउन राजसंस्था र हिन्दु राष्ट्र आवश्यक रहेको बताएकी छन । आज (आइतबार) झापा– ४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । उनले वर्तमान राजनीतिक व्यवस्थाले...
काठमाण्डू, १० फागुन– नेकपाका अध्यक्ष ऋषिराम कट्टेललाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन सर्वोच्च आदेश दिएको छ । ऋषिराम कट्टेलको हकमा छोरा रुपेश कट्टेलले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले कट्टेललाई अदालतमा उपस्थित गराउन र लिखित जवाफ पेश गर्न गृहमन्त्रालयसहितको...
काठमाण्डू, १० फागुन– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा सङ्घीय प्रणालीको रक्षा मधेसको बलियो उपस्थिति र खबरदारीमा मात्रै रहने बताएका छन । सङ्घीयताको जननी नै मधेस प्रदेश भएकोले मधेसको सङ्घर्ष, बलिदान र आन्दोलनकै परिणामस्वरूप देशमा सङ्घीयता स्थापित भएको उनले बताएका छन...
काठमाण्डू, १० फागुन– विवादास्पद मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाण्डूमा मोटरसाईकल र्याली निकालिएको छ । आइतबार काठमाण्डूको माइघर मण्डलामा भेला भएका राजावादीहरुले प्रसार्ईंको तत्काल रिहा गर्न सरकारसँग माग गर्दै सो र्याली...
काठमाण्डू, १० फागुन– निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराको परिवार ठगीमा परेका छन । राम्रो जग्गा सस्तो दाममा पाइने लोभमा पर्दा आयुक्तकी श्रीमती सीमा राणा ठगिएकी परेकी हुन । आयुक्त जवराकी श्रीमती सीमा राणालाई सस्तोमा जग्गा मिलाइदिने प्रलोभन देखाई १८ लाख ५० हजार रुपैयाँ...