समाचार

बालेनले ल्याए झापा केन्द्रित बाचापत्र, दमक भ्युटावर सञ्चालनमा ल्याउने प्रतिबद्धता

२०८२ फागुन ११ गते १३:००

काठमाण्डू, ११ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा झापा–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले बाचा पत्र ल्याएका छन् । उनले केपी शर्मा ओलीको पहलमा दमकमा निर्माण गरिएको भ्युटावर सञ्चालनमा ल्याउने प्रतिबद्धता...

झापा ५ को सुकुमवासी समस्या १००० दिनमा समाधान गर्ने बालेनको बाचा

२०८२ फागुन ११ गते १२:५२

काठमाण्डू, ११ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन)ले झापा क्षेत्र नम्बर ५ को सुकुमवासी समस्या एक हजार दिनमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । आज (सोमबार) वरिष्ठ नेता बालेनले सार्वजनिक गरेको झापा...

धादिङ बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो

२०८२ फागुन ११ गते १२:४३

काठमाण्डू, ११ फागुन– पोखराबाट काठमाण्डू आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृतकमध्ये ९ जनाको सनाखत समेत भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार गएराति धादिङ बेनिघाट रोराङ गाउँपालिकाको चरौंदी नजिक भैंसेडाँडा...

धादिङको बेनीघाट रोराङबाट बस त्रिशूलीमा खस्यो, १७ जनाको मृत्यु

२०८२ फागुन ११ गते ५:०९

काठमाण्डू, ११ फागुन- पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका चाइनाधाराबाट बस त्रिशूलीमा खस्दा १७ यात्रुको मृत्यु भएको छ । पोखराबाट काठमाण्डू आइरहेको ग२ख १४२१ नम्बरको सोमबार बिहान करिब सवा १ बजेको समयमा त्रिशूली खसेको प्रहरीले जनाएको छ । मृतकमध्ये ४ महिला र १३ पुरुष...

एमालेसहितको बृहत कम्युनिष्ट एकता हुनेछः प्रचण्ड

२०८२ फागुन १० गते २०:१८

काठमाण्डू, १० फागुन- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसहित सबै कम्युनिष्ट पार्टीबीच एकता जरुरी रहेको बताएका छन् । एमाले परित्याग गरेका कीर्तिपुर नगरपालिकाका पूर्वमेयर रमेश महर्जन र कीर्तिपुर १६ का पूर्ववडाअध्यक्ष न्हुच्छे महर्जनलाई मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीमा स्वागत...

र्कीर्तिपुरका पूर्वमेयर महर्जनले छाडे एमाले, नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

२०८२ फागुन १० गते २०:१०

काठमाण्डू, १० फागुन – कीर्तिपुर नगरपालिकाका पूर्वमेयर रमेश महर्जनले एमाले परित्याग गरेका छन् । महर्जन सोमबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । उनलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेता बामदेव गौतमले कोटेश्वर पेरिसडाँडास्थित मुख्यालयमा आयोजित कार्यक्रमका बीच पार्टीमा स्वागत गरे ।...

लिचीबारी घूस प्रकरणः रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश

२०८२ फागुन १० गते २०:०१

काठमाण्डू, १० फागुन- विशेष अदालतले पोखराको लिचीबारे घूस प्रकरणमा मुछिएकी तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश दिएको छ । विशेषका न्यायाधीशहरु सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्न आइतबार आदेश दिएको हो...

निर्वाचन हुन नदिने तत्त्व सक्रिय छन्, सरकार दृढ हुनुपर्‍योः कांग्रेस

२०८२ फागुन १० गते १८:३०

काठमाण्डू, १० फागुन– कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन हुन नदिने तत्त्व सक्रिय रहेको दाबी गरेको छ । ती तत्त्वहरूको रणनीति असफल बनाउँदै ससमयमै निर्वाचन गराउन सरकार द‌ृढ हुनुपर्ने पनि कांग्रेसले बताएको छ । आज (आइतबार) कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै...

एकैपटक दुई खुसीको पर्खाइमा छिन् रञ्जु दर्शना

२०८२ फागुन १० गते १८:०९

  काठमाण्डू, १० फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता रञ्जु दर्शना एकैपटक दुई वटा खुसीको प्रतीक्षामा छिन् । उनको पहिलो खुसीको कारण हो, सन्तान आगमन । र, दोश्रो २१ फागुनको चुनावमा जित । रञ्जु काठमाण्डू–१ बाट प्रत्यक्ष उम्मेदवार छिन् । चिकित्सकले १८ फागुनको समय...

बसबाट खसेर घाइते महिलाको उपचारको क्रममा मृत्यु

२०८२ फागुन १० गते १८:०२

काठमाण्डू, १० फागुन– काठमाण्डूको पेप्सीकोला छाप्रो चोक नजिकै बसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पेप्सीकोला बस्ने दोलखा चरिकोट घर भएकी ६५ वर्षीया रामकुमारी भुजेल रहेकी प्रहरीले जानकारी दिएको छ । जडीबुटीबाट पेप्सीकोला चोकतर्फ आउँदै गरेको बा–४ ख ५७५४ नम्बरको...

सेनाले ४३ जिल्लामा पुर्‍यायो निर्वाचन सामग्री

२०८२ फागुन १० गते १७:४८

काठमाण्डू, १० फागुन– देशभरका ४३ जिल्लामा नेपाली सेनाले निर्वाचन सामग्री पुर्‍याएको छ । निर्वाचन पूर्वको काम अन्तर्गत नेपाली सेनाले अहिले निर्वाचन सामग्रीहरूको ढुवानी गरिरहेको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले अहिलेसम्म ४३ जिल्लाहरूमा निर्वाचन सामग्री पुगिसेकेको जानकारी दिए । उनले...

कर्ण मल्लसहितलाई पार्टीमा फर्किन डडेलधुरा कांग्रेसको आग्रह

२०८२ फागुन १० गते १७:४५

काठमाण्डू, १० फागुन– कांग्रेस बीपीका नेता कर्ण मल्लसहितलाई नेपाली कांग्रेसमै फर्किन आग्रह गरेको छ । तत्कालीन डडेलधुरा कांग्रेसका सभापतिसमेत रहेका उनलाई कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदले विज्ञप्ति जारी गर्दै मल्ल, उपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट र भरत नेपाली लगायत सबै नेता तथा क्रियाशील...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us