बाँदर नियन्त्रणका लागि बजेट विनियोजन गर्न माग

काठमाण्डु टुडे २०८२ चैत २४ गते १४:१६ मा प्रकाशित

काठमाण्डू, २४ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अच्युतम लामिछानेले बाँदर नियन्त्रणका लागि बन्ध्याकरण आवश्यक रहेको र त्यसका लागि बजेट विनियोजन गर्न माग गरेका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै रास्वपा सांसद लामिछानेले यस्तो माग गरेका हुन । उनले नुवाकोट लगायतका जिल्लामा बाँदरले बालीनाली ध्वस्त पारेको भन्दै नियन्त्रणका लागि अत्यावश्यक देखिएको बताएका छन ।

बाँदर नियन्त्रणका लागि बन्ध्याकरण अत्यावश्यक रहेको भन्दै उनले बजेट विनियोजन गर्न माग गरेका हुन् । उनले मानव र जंगली जनावरबिच द्वन्द्व निम्तिएको भन्दै त्यसलाई रोक्न पनि बजेट विनियोजन गर्न माग गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us