काठमाण्डू, २४ चैत- काठमाण्डूको गौशालामा मध्यराति गोली चलेको छ ।
प्रहरीले गोली हानेर लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई भारतीयलाई पक्राउ गरेको हो ।
भारतीयहरुको साथबाट लागुऔषध कारोबारमा प्रयोग गरिएको गाडीसमेत नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।