काठमाण्डु, १० असार– आन्दोलनरत संसद् सचिवायलका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति भएको छ । आज सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्ताले सहमति भएको हो । सहमति अनुसार संसद् सचिवालयका कर्मचारीको आवास...
काठमाण्डु, १० असार– सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको पक्षमा आदेश गरेको छ । आज (सोमबार) न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको...
काठमाण्डु, १० असार– नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले अमेरिकी एयर फोर्सका पाँच वटा जहाज नेपाल आएको दाबी गर्दै यस विषयमा सरकारसँग जवाफ माग गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । गत वैशाखको दोस्रो हप्ता...
काठमाण्डु, १० असार– काठमाण्डु महानगरपालिकाले बजेट सभालाई विशेष कभर गर्ने भएकको छ । आगामी आर्थिक वर्ष ०८१/८२ को पालिका बजेट, नीति तथा कार्यक्रम तथा नगर आर्थिक विधेयक ०८१ सार्वजनिक गर्दै गरेको महानगरपालिकाले सोमबारको नगर सभामा विशेष व्यवस्था गरेको हो । राष्ट्रियसभामा आयोजित नगर सभालाई...
काठमाण्डु, १० असार– एमाले सांसद ठाकुरप्रसाद गैरेले भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा दायर भएको भन्दै यसले निजामती क्षेत्रसहित सम्पूर्ण क्षेत्रलाई लज्जित...
काठमाण्डु, १० असार– अन्तर्राष्ट्रिय विमानस्थल आगामी २३ कात्तिकदेखि त्रिभुवन दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेलगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नुपर्ने भएको स्रोतले जानकारी दिएको छ । विमानस्थल कार्यालयका अनुसार २३ कात्तिकबाट काठमाण्डु विमानस्थल...
काठमाण्डु, १० असार– जितपुर सिमरा उपमहानगरमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षको विरोध र तोडफोडपछि नगर सभा स्थगित गरीएको छ । बजेट पेस गर्ने दिन बिहानैबाट एमाले र केही कांग्रेसका वडाध्यक्षहरू विरोध जनाएका थिए । नगर सभामा सहभागी हुन मेयर राजन पौडेल नगर सभामा छिर्नसाथ उनीहरुले...
काठमाण्डु, १० असार– कास्कीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कास्कीको रूपा गाउँपालिका–३ ताकान्जा सडकमा मिनी ट्रक दुर्घटना हुँदा सोही गाउँपालिका–१ शास्त्री बस्ने १९ वर्षीय सुनिल विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पैचोकबाट ताकान्जातर्फ जाँदै गरेको ग–१ क...
काठमाण्डु, १० असार– सहकारी संस्थाका पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन । आज (सोमबार) सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान –महासंको अगुवाइमा उनीहरुले प्रदर्शन गरेका हुन । प्रदर्शनमा युवादेखि वृद्धवृद्धाहरुसमेत सहभागी रहेका थिए । कतिपय वृद्धवृद्धा आफूले नियमित खाने औषधि समेत बोकेर प्रदर्शनमा सहभागी भएका छन...
काठमाण्डु, १० असार– चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१ ०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाको नगर सभा तथा १५ औँ अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन । यो बजेट चालु...
काठमाण्डु, १० असार– प्रहरीले पौने ३ करोडको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–५ का ३० वर्षीय किपेश महर्जन रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।...
काठमाण्डु, १० असार– गण्डकी प्रदेशका कारबाहीमा परि पदमुक्त भएका सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिटमाथिको बहस आज सोमबार सकिएको छ । देवकोटाको मुद्दामा धेरै कानुन व्यवसायी बहसका लागि बाँकी रहेकाले आइतबार हेर्दाहेर्दैमा राखिएको बहस आज सकिएको हो । उनको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान...