काठमाण्डु महानगरपालिकाको बजेट सभामा ड्रोनको प्रयोग

काठमाण्डु टुडे २०८१ असार १० गते १५:२१ मा प्रकाशित

काठमाण्डु, १० असार– काठमाण्डु महानगरपालिकाले बजेट सभालाई विशेष कभर गर्ने भएकको छ । आगामी आर्थिक वर्ष ०८१/८२ को पालिका बजेट, नीति तथा कार्यक्रम तथा नगर आर्थिक विधेयक ०८१ सार्वजनिक गर्दै गरेको महानगरपालिकाले सोमबारको नगर सभामा विशेष व्यवस्था गरेको हो ।

राष्ट्रियसभामा आयोजित नगर सभालाई विशेष सजावट गरिनुका साथै सभाको सम्पूर्ण गतिविधि छायाङ्कनका लागि विशेष ड्रोनको प्रयोग गरिएको महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले जानकारी दिएका छन ।

काठमाण्डु महानगरपालिकाले आज आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गर्ने र पारित गर्ने साथै उपमेयर सुनिता डङ्गोलबाट आर्थिक वर्ष ०८१/८२ को वार्षिक बजेट समेत सार्वजनिक गर्ने कार्यक्रम राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us