समाचार

छानबिनप्रति सकारात्मक छु, सघाउँछुः मुख्यमन्त्री बानियाँ

२०८३ वैशाख २१ गते १७:०६

काठमाण्डू, २१ वैशाख– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर र कार्यालयहरूमा छापा मारेकोप्रति आपत्ति व्यक्त गरेका छन । आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री बानियाँले राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने अवस्थामा छापा मारिएको भन्दै आपत्ति व्यक्त...

संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल

२०८३ वैशाख २१ गते १६:३२

काठमाण्डू, २१ वैशाख– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मंगलबार संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म...

सरकारको स्थायित्व मुलुक विकासको अवसर बनाऔंः अध्यक्ष ढकाल

२०८३ वैशाख २१ गते १६:२८

काठमाण्डू, २१ वैशाख– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको स्थायित्वलाई मुलुक विकासको अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन । आज (सोमबार) नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभा उद्घाटनका अवसरमा सोमबार बोल्दै अध्यक्ष ढकालले भने, ‘सरकारको स्थायित्वलाई मुलुकको विकास र यस...

सांसदहरूलाई मन्त्री गौतमको आग्रहः ‘एजेन्डामा केन्द्रित भएर छलफल गरौँ, समयको ख्याल गरौँ’

२०८३ वैशाख २१ गते १६:१८

काठमाण्डू, २१ वैशाख– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनचासो र तोकिएको विषयमा मात्र केन्द्रित भएर छलफल गर्न सांसदहरूलाई आग्रह गरेकी छन । आज (सोमबार) सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संसद् र संसदीय...

बालेन नगएपछि बसेन राज्यव्यवस्था समिति बैठक

२०८३ वैशाख २१ गते १६:०७

काठमाण्डू, २१ वैशाख– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित नहुने भएपछि प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो । समितिका कार्यक्षेत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह...

सम्पत्ति शुद्धीकरण विभागको टोलीले बागमतीका मुख्यमन्त्री बानियाँको घरमा दुई घण्टासम्म खानतलासी गर्‍यो

२०८३ वैशाख २१ गते १५:४६

काठमाण्डू, २१ वैशाख– सम्पत्ति शुद्धीकरण विभागको टोलीले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा उनकै निर्माण कम्पनीका कार्यालयमा सोमबार छापा मारेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा विभागको टोलीले बानियाँको घर तथा उनकै स्वामित्वमा रहेको निर्माण कम्पनीको कार्यालयमा छापा मारेको बताइएको छ । छापा मार्नका...

दीपक भट्टलाई बन्दीसहित उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

२०८३ वैशाख २१ गते १५:३५

काठमाण्डू, २१ वैशाख– सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई बन्दीसहित उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले भट्टलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो । दीपक भट्टको हकमा उनको श्रीमती आयुष्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै...

एमाले सुहाङको प्रश्नः संसद्‌बाट कानुन ल्याउन के कुराले रोक्यो ?

२०८३ वैशाख २१ गते १५:३०

काठमाण्डू, २१ वैशाख– एमालेका सांसद सुहाङ नेम्वाङले अध्यादेश ल्याउने विषय र सुकुमवासी नागरिकका विषयमा कमजोरी भएको केही कमजोरी भएको बताएका छन । आज (सोमबार) सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा एमाले सांसद नेम्वाङले यस्तो बताएका...

संघीय संसद्को अधिवेशन आह्वानको विषय भोलि टुंगिन्छः सभामुख

२०८३ वैशाख २१ गते १५:२२

काठमाण्डू, २१ वैशाख– प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले संघीय संसद्को अधिवेशन कहिले आह्वान हुन्छ भन्ने विषय भोलि टुंगिने बताएका छन् । आज (सोमबार) सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठकमा सभामुख अर्यालले यसबारे जानकारी गराएका हुन । उनले भोलि...

१८ वटै विश्वविद्यालयको सिनेटबाट हटाइए प्राध्यापक कर्मचारी र विद्यार्थी सङ्गठन

२०८३ वैशाख २१ गते १५:१४

काठमाण्डू, २१ वैशाख– देशभर सञ्चालित १८ वटै विश्वविद्यालयहरूको सर्वोच्च निकाय विश्वविद्यालय सभा (सिनेट) बाट प्राध्यापक सङ्घ, कर्मचारी सङ्घ र विद्यार्थी सङ्गठनको प्रतिनिधित्व हटाइएको छ । सरकारले ल्याएको विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशले देशभरका सबै विश्वविद्यालयमा रहेका यस्ता प्रतिनिधित्वलाई हटाउने व्यवस्था गरेको हो...

अरु दल त्यागेको ९० दिन पुगेपछि मात्रै रास्वपाको ‘उम्मेदवार क्लब’का लागि दर्ता हुन पाउने

२०८३ वैशाख २१ गते १५:०७

काठमाण्डू, २१ वैशाख– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा अन्य दलबाट प्रवेश गरी ९० दिन पुगेका व्यक्ति मात्रै उम्मेदवार क्लबका लागि योग्य हुने गरी विधि बनाइएको छ । केन्द्रीय सचिवलायबाट आइतबार पारित ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रुपरेखामा’ अरु दल परित्याग गर्नेहरुको...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जस्ताको तस्तै पठाएका छौंः सरकार

२०८३ वैशाख २१ गते १४:४९

काठमाण्डू, २१ वैशाख– सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा कुनै परिमार्जन नगरी पुनः सिफारिसका लागि राष्ट्रपति कार्यालय पठाइएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्नका लागि पुनस् सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us