समाचार

सीमा क्षेत्रको तस्करी नियन्त्रण आवश्यक थियोः रवि लामिछाने

२०८३ वैशाख २० गते १७:१३

काठमाण्डू, २० वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सीमा क्षेत्रमा तस्करी व्यापक बनेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले कडाइ गरेको बताएका छन । उनले अहिले सीमा क्षेत्रमा तस्करी रोक्दा केही असन्तुष्टि देखिएपनि तस्करी नियन्त्रण गर्नैपर्ने अवस्थामा सरकारले कडाइ गर्नुपरेको पनि बताएका छन...

कम्युनिष्ट समूह एक भएर समाजवादको यात्रा सुरु गर्दैछौंः प्रचण्ड

२०८३ वैशाख २० गते १५:५६

काठमाण्डू, २० वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन । आज (आइतबार) मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित शहीद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले...

सांसदलाई स्वकीय सचिव माग्नेबारे छलफलमा विपक्षी दलहरू

२०८३ वैशाख २० गते १५:४१

काठमाण्डू, २० वैशाख– संघीय संसद् सचिवालयले सांसद्का लागि स्वकीय सचिवको सुविधाका सम्बन्धमा दलहरूको धारणा मागेको छ । धारणा माग भएपछि विपक्षी दलहरू छलफलमा जुटेका छन । प्रतिनिधिसभाका सचिव हर्कराज राईले यही वैशाख १४ गते संसदीय दलहरू र स्वतन्त्र सांसदलाई पत्र लेखेका थिए । पत्रमा...

डर मान्नुपर्दैन, व्यवसाय धराशायी बनाउने मनसाय छैनः रवि लामिछाने

२०८३ वैशाख २० गते १५:२८

काठमाण्डू, २० वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न अनुरोघ गरेका छन । आज (आइतबार) निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीति सुधार गर्ने रहेको पनि उनले...

रास्वपाको उम्मेदवार हुन क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट पास हुनै पर्ने

२०८३ वैशाख २० गते १५:२०

काठमाण्डू, २० वैशाख– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार हुन क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने निर्णय गरेको छ । आज (आइतबार) रास्वपाको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका...

सगरमाथामा बाटो बनाउँदा आइसफल डाक्टरले भेटे बेवारिसे शव

२०८३ वैशाख २० गते १४:४९

काठमाण्डू, २० वैशाख– सर्वोच्च शिखर सगरमाथा आरोहणमा बाटो बनाउने क्रममा आइसफल डाक्टरले बेवारिसे शव भेटाएका छन । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुरगेल्जे शेर्पाका अनुसार सगरमाथा आधार शिविरबाट क्याम्प १ मा जाने क्रममा खुम्बु आइसफल क्षेत्रमा एक बेवारिसे शव भेटिएको हो । हिउँले आधा पुरिएको...

स्थानान्तरण प्रक्रियामा छुटेकालाई सम्पर्कमा आउन सरकारको आह्वान

२०८३ वैशाख २० गते १४:३८

काठमाण्डू, २० वैशाख– सरकारले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । शहरी विकास मन्त्रालय एक विज्ञप्ति जारी गर्दै स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन अनुरोध गरेको हो । ‘सहायता आवश्यक भएका तथा हाल...

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नवीकरण नगर्नेलाई जिम्मेवारीबाट स्वतः मुक्त गरिने

२०८३ वैशाख २० गते १४:३१

काठमाण्डू, २० वैशाख– एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी डेमो बैठकमा यसबारे छलफल गरिएको हो । पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेता तथा जनसंगठनका प्रतिनिधिसमेतको उपस्थितिमा संगठन विभागले प्रस्तुत गरेको सदस्यता व्यवस्थापनसम्बन्धी...

घण्टीघरमा रास्वपा सचिवालय बैठक जारी

२०८३ वैशाख २० गते १४:१३

काठमाण्डू, २० वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । रास्वपाको पार्टी मुख्यालय घण्टीघरमा जारी बैठकमा समसामयिक एवं सांगठानिक गतिविधिबारे छलफल हुने एक नेताले जानकारी दिएका छन । प्रवक्ता मनिष झाका अनुसार बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा– २०८३, महाधिवेशन...

सशस्त्रका नवनियुक्त आईजीपी पौडेललाई गृहसचिवले फुली लगाउने

२०८३ वैशाख २० गते १३:२६

काठमाण्डू, २० वैशाख– सशस्त्र प्रहरी बल नेपालका नननियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सोमबार दर्ज्यानी चिन्ह (फुली) लगाउने भएका छन । १८ वैशाखमा चार वर्षे पदावधिका कारण राजु अर्याल अनिवार्य अवकाशमा गइसकेका छन् । उनको ठाउँमा सरकारले पौडेललाई आईजीपी बनाउने निर्णय गरिसकेको छ । शनिबारदेखि...

होल्डिङ सेन्टरका बालबालिकालाई छिटो विद्यालय जाने व्यवस्था मिलाउन सांसद आशिकाको आग्रह

२०८३ वैशाख २० गते १३:२०

काठमाण्डू, २० वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले होल्डिङ सेन्टरमा रहेका सुकुमवासी बस्तीका बालबालिकालाई विद्यालय जाने वातवरण बनाउन अनुरोध गरेकी छन । कीर्तिपुर राधास्वामी सत्संग व्यास आश्रममा राखिएका सुकुमवासी पीडित भेटेपछि उनले सरकारको ध्यानकर्षण गराएकी हुन । रास्वपा सांसद तमाङले सामाजिक सञ्जाल...

यो सरकारले पनि प्रेस स्वतन्त्रता रक्षा गर्नेमा सशंकित छौंः अध्यक्ष शर्मा

२०८३ वैशाख २० गते १२:५२

काठमाण्डू, २० वैशाख– नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नेमा सशंकित रहेको बताएकी छन । आज (आइतबार) प्रेस स्वतन्त्र दिवसको अवसरमा शुभकामना संदेश जारी गर्दै अध्यक्ष शर्माले यस्तो बताएकी हुन । उनले पछिल्लो समय प्रेससँग सम्बन्धित घटना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us