समाचार

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

२०८३ वैशाख २१ गते १४:४०

काठमाण्डू, २१ वैशाख– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । उनले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार छापा मारेको हो । हेटौंडाको सानोपोखरामा रहेको उनको बानियाँ निर्माण सेवा (बीएनएस) त्यहीँ रहेको उनको घरमा छापा...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

२०८३ वैशाख २१ गते १२:३५

काठमाण्डू, २१ वैशाख– सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्नका लागि पुनः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन । आइतबार राष्ट्रपतिले...

इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा २ जनाको मृत्यु

२०८३ वैशाख २१ गते १२:२९

काठमाण्डू, २१ वैशाख– कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन । पुनर्वास नगरपालिका–७ ‘च गाउँ’को न्यू इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय...

चाबहिलको साततले क्षेत्रका घरमा पनि चल्यो डोजर

२०८३ वैशाख २१ गते १२:२०

काठमाण्डू, २१ वैशाख– काठमाण्डू महानगरपालिकाले चाबहिलको साततले क्षेत्रमा बनाइएका घरमा समेत डोजर चलाएको छ । सार्वजनिक जग्गा मिचेर अनधिकृत रुपमा बनाइएका संरचना हटाउने क्रममा साततले क्षेत्रमा पनि डोजर चलाइएको हो । यो क्षेत्रमा पक्की ठूला बिल्डिङहरु समेत बनेका थिए । ती सबै घरहरुमा सुरक्षाकर्मी...

सबै दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दै सभामुख

२०८३ वैशाख २१ गते १२:०३

काठमाण्डू, २१ वैशाख– प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले सबै दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्ने भएका छन । बैठक दिउँसो १२ बजे सिंहदरवारमा बस्ने बताइएको छ । प्रतिनिधिसभामा ६ वटा पार्टी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली...

तालिम गरिरहेका सशस्त्र जवानको मृत्यु

२०८३ वैशाख २१ गते ११:५६

काठमाण्डू, २१ वैशाख– कैलालीमा सशस्त्र प्रहरीका प्रशिक्षार्थी जवानको मृत्यु भएको छ । सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालय बनबेहडामा तालिम गरिरहेका सशस्त्र प्रशिक्षार्थी जवान महेश महताको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । बडिमालिका जवान तालिम शिक्षालयकाअनुसार आइतबार राति साढे १...

लिपुलेक सिमा विवादमा गोकुलको प्रतिक्रियाः बालेनको भारत भ्रमणको प्रतिक्षामा छु

२०८३ वैशाख २१ गते ८:२४

काठमाण्डू, २१ वैशाख– पूर्व मन्त्री एवं एमाले नेता गोकुल बाँस्कोटाले लिपुलेक सिमा विवादमा टिप्पणी गर्न हतारिनु भन्दा प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भारत भ्रमणको प्रतिक्षा गर्नु महत्वपूर्ण हुने तर्क गरेका छन । आज (समोबार) बिहान सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै एमाले नेता बाँस्कोटाले यस्तो...

बालेन सरकार चिढ्याउने शीतल निवासको कदम !

२०८३ वैशाख २१ गते ८:०६

काठमाण्डू, २१ वैशाख– बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले आफ्नो चाहना अनुसार काम गर्ने उद्देश्यका साथ गत १४ वैशाखमा राष्ट्रपति कार्यालय शीतल निवास पठाएको ८ मध्ये एउटा अध्यादेश फिर्ता पठाइदिएपछि यसबारे चर्चा परिचर्चा सुरु भएको छ । यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेलले दुई पटक सरकारलाई...

राष्ट्रपतिलाई अध्यादेश फिर्ता गर्ने अधिकार छ ?

२०८३ वैशाख २१ गते ७:४६

काठमाण्डू, २१ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ८ वटा मध्ये ७ अध्यादेश जारी गरे । तर, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने ‘पुनर्विचार’का लागि सरकारलाई फिर्ता गरे । राष्ट्रपति पौडेलले संवैधानिक परिषद्मा संविधानले कल्पना गरेको बहुमतको प्रणाली भत्किन हुन नहुने भन्दै जसरी विगतमा अडान...

मन्त्रिपरिषद बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

२०८३ वैशाख २१ गते ७:२८

काठमाण्डू, २१ वैशाख– आज (सोमबार) मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक बिहान साढे १० बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । आजको मन्त्रिपरिषद बैठकमा मन्त्रालय मर्ज र खारेज सम्बन्धी खाकाबारे छलफल हुने स्रोतले जनाएको छ । सरकारले...

लिपुलेकबारे नेपालको दाबी अस्वीकार्य:भारत

२०८३ वैशाख २१ गते ६:१५

काठमाडौं, २१ वैशाख : भारतको विदेश मन्त्रालय ले लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालनको विषयमा नेपालको दाबीप्रति आपत्ति जनाएको छ । मन्त्रालयका प्रवक्ता रनधीर जैसवाल ले भारतको धारणा सधैं स्पष्ट रहेको उल्लेख गर्दै लिपुलेक मार्ग सन् १९५४ देखि नै मानसरोवर यात्राका लागि प्रयोग...

सम्पत्ति शुद्धीकरणको कसुरमा रामबहादुर बम्जनले पाए सफाइ

२०८३ वैशाख २० गते १७:३३

काठमाण्डू, २० वैशाख– सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले सफाइ पाएका छन । जिल्ला अदालत सर्लाहीले बम्जनलाई सफाइ दिएको हो । गत ८ वैशाखमा सर्लाही जिल्ला अदालतका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले उनलाई सफाइ दिएको हो । बम्जनमाथि लगाइएको अभियोग नपुग्ने भन्दै अदालतले उनलाई सफाइ दिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us