काठमाडौं, २१ वैशाख : भारतको विदेश मन्त्रालय ले लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालनको विषयमा नेपालको दाबीप्रति आपत्ति जनाएको छ ।
मन्त्रालयका प्रवक्ता रनधीर जैसवाल ले भारतको धारणा सधैं स्पष्ट रहेको उल्लेख गर्दै लिपुलेक मार्ग सन् १९५४ देखि नै मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको बताएका छन् । उनका अनुसार यो कुनै नयाँ विषय नभई दशकौँदेखि चलिआएको अभ्यास हो ।
नेपालले उठाएको भौगोलिक दाबीप्रति असहमति जनाउँदै उनले यस्तो दाबी ऐतिहासिक प्रमाणमा आधारित नरहेको बताएका छन् । ‘एक पक्षीय रूपमा गरिएको कृत्रिम विस्तारको दाबी स्वीकार्य छैन,’ उनले भने ।
साथै, भारतले नेपालसँगका सबै द्विपक्षीय विषयमा संवादमार्फत समाधान खोज्न आफूहरू तयार रहेको पनि जनाएको छ ।