लिपुलेक सिमा विवादमा गोकुलको प्रतिक्रियाः बालेनको भारत भ्रमणको प्रतिक्षामा छु

काठमाण्डु टुडे २०८३ वैशाख २१ गते ८:२४ मा प्रकाशित

काठमाण्डू, २१ वैशाख– पूर्व मन्त्री एवं एमाले नेता गोकुल बाँस्कोटाले लिपुलेक सिमा विवादमा टिप्पणी गर्न हतारिनु भन्दा प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भारत भ्रमणको प्रतिक्षा गर्नु महत्वपूर्ण हुने तर्क गरेका छन ।

आज (समोबार) बिहान सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै एमाले नेता बाँस्कोटाले यस्तो तर्क गरेका हुन । नेता बाँस्कोटाले भनेका छन, ‘लिपुलेक सिमा विवादमा सरकारले लिएको अडान ठिक छ ।

भारतले पुरानै कुरा भन्यो र चीनले–यो हाम्रो समस्या होईन भन्ने होला । कुटनीतिमा बोल्यो बोलेन भन्ने खालको दन्त बजानको खास अर्थ छैन । बरु ग्रेटर नेपालकै समर्थक ठानिने प्रम बालेनको भारत भ्रमण भयो भने हाम्रो अडान र परिणामको प्रतिक्षामा छु म चैँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us