चाबहिलको साततले क्षेत्रका घरमा पनि चल्यो डोजर

काठमाण्डु टुडे २०८३ वैशाख २१ गते १२:२० मा प्रकाशित

काठमाण्डू, २१ वैशाख– काठमाण्डू महानगरपालिकाले चाबहिलको साततले क्षेत्रमा बनाइएका घरमा समेत डोजर चलाएको छ । सार्वजनिक जग्गा मिचेर अनधिकृत रुपमा बनाइएका संरचना हटाउने क्रममा साततले क्षेत्रमा पनि डोजर चलाइएको हो ।

यो क्षेत्रमा पक्की ठूला बिल्डिङहरु समेत बनेका थिए । ती सबै घरहरुमा सुरक्षाकर्मी परिचालन गरी भत्काउने काम जारी छ । यसलाई काठमाण्डू उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने र वास्तविक सुकुमवासीलाई पुनर्स्थापना गर्ने वर्तमान सरकारको निर्णयको निरन्तरता ठानिएको छ ।

यसअघि महानगरपालिकाले थापाथली, गैह्रीगाउँ, मनोहरा, अनामनगर, शंखमुल, बुद्धनगर, टेकु, स्वयंभू, बालाजु लगायतका विभिन्न स्थानमा पनि डोजर लगाएर भत्काइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us