काठमाण्डू, २१ वैशाख– प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले सबै दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्ने भएका छन । बैठक दिउँसो १२ बजे सिंहदरवारमा बस्ने बताइएको छ ।
प्रतिनिधिसभामा ६ वटा पार्टी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकलाई सभामुखले छलफलमा बोलाएका हुन् ।