समाचार

अभिमुखीकरणमा पुगे रास्वपा सभापति रवि लामिछाने

२०८२ चैत ४ गते १३:३९

काठमाण्डू, ४ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अभिमुखीकरण कार्यक्रम स्थलमा पुगेका छन । उनी केहीबेर अघिमात्रै ललितपुरको ग्वार्कोस्थित हिजोबाट अभिमुखीकरण चलिरहेको स्थलमा पुगेको बताइएको छ । रास्वपाले हिजो र आज आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिइरहेको छ । यसैबीच अभिमुखीकरण कार्यक्रमको समापन...

‘बालेन लहर’लाई कांग्रेस आईसँग तुलना गर्दै एमाले महासचिव पोखरेलले लेखे– लहर स्थायी हुँदैन

२०८२ चैत ४ गते १३:१४

काठमाण्डू, ४ चैत– एमाले महासचिव शंकर पोखरेलले एकपटकको चुनावी जितले मात्रै दीर्घकालीन राजनीतिक सफलता सुनिश्चित नहुने बताएका छन । आज (बुधबार) पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सावर्जनिक गरेका हुन् । भारतको सन् १९८४ को आम चुनावको उदाहरण दिँदै त्यतिबेला देखिएको ‘राजीव लहर’लाई अहिले...

काठमाण्डूबाट शव बोकेर खोटाङ पुगेको हेलिकप्टर दुर्घटना

२०८२ चैत ४ गते १२:५८

काठमाण्डू, ४ चैत– खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । खोटाङकोकेपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिएकी छन् । काठमाण्डूबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रजिअ कँडेलले जानकारी दिइन् । दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले...

जनअपेक्षा अनुसार काम गर्न मुहानदेखि नै सफा गर्छौंः हरि ढकाल

२०८२ चैत ४ गते १२:५०

काठमाण्डू, ४ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद हरि ढकालले पार्टीले चलाएको अभिमुखीकरण कार्यक्रममा आफ्ना अनुभव बाँड्ने र नयाँ कुरा सिक्ने काम भएको बताएका छन । आज (बुधबार) ग्वार्कोस्थित एक होटलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै रास्वपा नेता ढकालले यस्तो बताएका हुन । उनले...

प्रधानमन्त्रीको प्रशंसा गर्दै प्रचण्डले भनेः चुनाव नभएको भए मुलुक दुर्घटनामा जान सक्थ्यो

२०८२ चैत ४ गते १२:४४

काठमाण्डू, ४ चैत– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन । आज (बुधबार) बिहान प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायतका नेताहरु प्रधानमन्त्री कार्कीको निमन्त्रणामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । भेटमा...

चुनाव सफल पार्न भूमिका खेलेको भन्दै नेकपा नेताहरुलाई प्रधानमन्त्री कार्कीले दिइन् धन्यवाद

२०८२ चैत ४ गते १२:३८

काठमाण्डू, ४ चैत– प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद व्यक्त गरेकी छन । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरुलाई आज बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री कार्कीले धन्यवाद दिएकी हुन् । उनीहरुबीच...

आगामी हप्ता नयाँ सरकार बन्छ होला, मैले विश्राम लिने बेला भयोः अर्थमन्त्री खनाल

२०८२ चैत ४ गते १२:३५

काठमाण्डू, ४ चैत– अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ता नयाँ सरकार बन्नसक्ने बताएका छन । आज (बुधबार) नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन । निर्वाचन आयोगले विहीबारसामानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरेपछि संविधान अनुसार नयाँ सरकार तीव्र...

प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा

२०८२ चैत ४ गते ११:३३

काठमाण्डू, ४ चैत– प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिर दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट...

पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत महामन्त्री पौडेलको आग्रह

२०८२ चैत ३ गते १८:५०

काठमाण्डू, ३ चैत– कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असरस्वरुप देशमा महँगी वृद्धिको भयावह समस्या देखिन सक्ने भन्दै त्यसलाई रोक्न पेट्रोलियम पदार्थमा सहुलियत दिन सरकारसँग अनुरोध गरेका छन । यो समस्या केही समयका लागि रहिरहने शंकेत देखिएको भन्दै उनले यसले यातायात मात्र नभएर...

रवि लामिछानेको अभियोग संशोधन फिर्तासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

२०८२ चैत ३ गते १८:१८

काठमाण्डू, ३ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिट सुनुवाइ पूरा नभएपछि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी रहेको...

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

२०८२ चैत ३ गते १६:३१

काठमाण्डू, ३ चैत– पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको भ्रष्टाचार सम्बन्धी मुद्दा स्थगित भएको छ । पोखराको लिचिबारी घुस प्रकरणमा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सो उपर गुप्ताले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । गुप्ताको निवेदन मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद...

इनिशा विक हत्या प्रकरणः बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघरमा प्रदर्शन

२०८२ चैत ३ गते १६:२०

काठमाण्डू, ३ चैत– सुर्खेतकी इनिशा विकको बलात्कारपछि भएको हत्याको विरोधमा दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाण्डूको माइतीघरमा खबरदारी प्रदर्शन गरिएको छ । संयुक्त नागरिक पार्टीको विद्यार्थी तथा महिला विभागले आज माइतीघर मण्डलामा भेला भएर इनिशाको न्यायका लागि दबाब दिँदै प्रदर्शन गरेको हो । प्रदर्शनमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us