समाचार

एकझर पानीले वनस्थलीको ढुंगेधारा क्षेत्र जलमग्न

२०८३ वैशाख २४ गते ११:३९

काठमाण्डू, २४ वैशाख– काठमाण्डूको बनस्थलीस्थित ढुंगेधारा क्षेत्र जलमग्न भएको छ । केहीबेरअघि परेको पानीका कारण सो क्षेत्र जलमग्न भएको हो । पानी धेरैबेरसम्म जम्मा हुँदा आउजाउ गर्नेहरु, स्थानीयवासी र व्यापारी व्यवसायीहरु मर्कामा परेका थिए । पानीको निकासको राम्रो प्रबन्ध नहुँदा यो क्षेत्र जलमग्न हुँदै...

ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

२०८३ वैशाख २४ गते ११:१८

काठमाण्डू, २४ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत् लिएको गाडी सरकारलाई फिर्ता गरेका छन । गृह मन्त्रालयले दोहोरो सुविधामा लिएको गाडी फिर्ता गर्न पत्र पठाएपछि अध्यक्ष ओलीले फिर्ता गरेको गुन्डु स्रोतले जानकारी दिएको छ । ओलीले बा १३ च...

इलाको रोङ गाउँपालिकाले १ हजार ७ सय अव्यवस्थित बसोबासीलाई जग्गा दिने

२०८३ वैशाख २४ गते ८:४२

इलाम, २४ वैशाख- इलामको रोङ गाउँपालिकाले अव्यवस्थित बसोबासीलाई जग्गा धनी पुर्जा वितरणको काम अघि बढाएको छ । गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले पालिकाका १ हजार ८ सय ५७ अव्यवस्थित घरपरिवार रहेको बताए । हालसम्म १ सय ५२ घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण सम्पन्न भइसकेको जानकारी उनले...

विश्वविद्यालयमा उपकुलपति सिफारिस गर्न बन्यो समिति, तत्कालका लागि निमित्त तोक्ने

२०८३ वैशाख २३ गते १७:२१

काठमाण्डू, २३ वैशाख– विश्वविद्यालयहरूमा उपकुलपति सिफारिस गर्नका लागि सरकारले सिफारिस समिति गठन गरेको छ । प्रधानमन्त्री बालेन शाहले शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेका हुन् । समितिको सदस्यमा शिक्षा सचिव र योजना आयोगको शिक्षा हेर्ने सदस्य रहेका छन । ‘प्रधानमन्त्रीज्यूले शिक्षामन्त्रीको...

प्रधानमन्त्री बालेनलाई घनश्यामको चेतावनीः ओलीको जस्तै नियति भोग्नु नपरोस्

२०८३ वैशाख २३ गते १७:१४

काठमाण्डू, २३ वैशाख– नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले विगतका सरकारका असफलताबाट पाठ सिकेर अघि बढन प्रधानमन्त्री बालेन साहलाई सुझाव दिएका छन । आज (बुधबार) काठमाण्डूको बबरमहलस्थित सडकमा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्री शाह शक्तिशाली प्रधानमन्त्री रहेको उल्लेख गर्दै गल्ती गर्ने छुट नभएको पनि...

११ जना सहसचिवको सरुवा, को कहाँ ?

२०८३ वैशाख २३ गते १७:०४

काठमाण्डू, २३ वैशाख– सरकारले ११ जना सहसचिवहरूको सरुवा गरेको छ । गत सोमबार (२१ वैशाख) मा बसेको मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गरी सरुवाबारे जानकारी गराएको छ । जस अनुसार, प्रधानमन्त्री...

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

२०८३ वैशाख २३ गते १६:५३

काठमाण्डू, २३ वैशाख– नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । उनी प्राधिकरणमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक थिए । यसअघि कार्यकारी निर्देशकमा हितेन्द्र...

कीर्तिपुरमा दिउँसै हतियार प्रहार गरी एक युवकको हत्या

२०८३ वैशाख २३ गते १६:४८

काठमाण्डू, २३ वैशाख– काठमाण्डूको कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या गरीएको छ । कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा युवकको हत्या भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डू एसपी पवनकुमार भट्टराईका अनुसार, विपिन घिमिरेमाथि दिउँसो साढे २ बजेको समयमा धारिलो हतियार...

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

२०८३ वैशाख २३ गते १६:३४

ललितपुर- किष्ट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गतको किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले २०० वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। निजी क्षेत्रका अस्पतालहरूमध्ये यो उपलब्धि उच्च मानिएको छ। अस्पतालका अनुसार सेन्टरले अन्तर्राष्ट्रिय स्तरसँग तुलना गर्न मिल्ने सफलता दर कायम गर्दै नेपालकै अग्रणी मिर्गौला प्रत्यारोपण केन्द्रका...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा कांग्रेसले संसद्‌मा विमति राख्ने

२०८३ वैशाख २३ गते १६:२४

काठमाण्डू, २३ वैशाख– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि संसद् बैठकमा विमति राख्ने भएको छ । आज (बुधबार) सिंहदरबारमा बसेको संसदीय दल बैठकले सरकारले ल्याएको संवैधानिक अध्यादेशमाथि विमति राख्ने निर्णय गरेको प्रमुख समेचत वासना थापाले जानकारी दिएकी छन । उनले भनिन्, ‘संवैधानिक...

सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

२०८३ वैशाख २३ गते १५:०९

काठमाण्डू, २३ वैशाख– विशेष अदालत काठमाण्डूले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायीद्वय सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आज (बुधबार) विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान...

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध

२०८३ वैशाख २३ गते १५:०४

काठमाण्डू, २३ वैशाख– राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको छ । २१ वैशाखदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या आएका कारण सेवा आंशिक रूपमा अवरुद्ध भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जानकारी दिएको छ । विभागले बुधबार विज्ञप्ति जारी गर्दै यसको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us