ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाण्डु टुडे २०८३ वैशाख २४ गते ११:१८ मा प्रकाशित

काठमाण्डू, २४ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत् लिएको गाडी सरकारलाई फिर्ता गरेका छन ।

गृह मन्त्रालयले दोहोरो सुविधामा लिएको गाडी फिर्ता गर्न पत्र पठाएपछि अध्यक्ष ओलीले फिर्ता गरेको गुन्डु स्रोतले जानकारी दिएको छ । ओलीले बा १३ च ६४३७ नम्बरको निजी नम्बर प्लेटको गाडी बुधबार फिर्ता गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको थियो ।

प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेभन्दा बढी सवारी साधन प्रयोग गरेको वा फरक–फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला पारेपछि गृहसँग स्पष्ट विवरण माग गरिएको हो ।

पत्रमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण बुधबारै कार्यालय समयभित्र इमेलमार्फत पठाउन ताकेता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us