एकझर पानीले वनस्थलीको ढुंगेधारा क्षेत्र जलमग्न

काठमाण्डु टुडे २०८३ वैशाख २४ गते ११:३९ मा प्रकाशित

काठमाण्डू, २४ वैशाख– काठमाण्डूको बनस्थलीस्थित ढुंगेधारा क्षेत्र जलमग्न भएको छ । केहीबेरअघि परेको पानीका कारण सो क्षेत्र जलमग्न भएको हो । पानी धेरैबेरसम्म जम्मा हुँदा आउजाउ गर्नेहरु, स्थानीयवासी र व्यापारी व्यवसायीहरु मर्कामा परेका थिए ।

पानीको निकासको राम्रो प्रबन्ध नहुँदा यो क्षेत्र जलमग्न हुँदै आएको छ । वर्षायाम सुरु हुन लागेकाले अवस्था झन् बिग्रिनसक्ने भएकाले समस्या समाधान गरिदिन वडा कार्यालयमा जानकारी गराए पनि समस्या समाधान नभएको स्थानीय बताँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us