समाचार

बडादसैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा दरिंदा

२०८१ असोज १९ गते ०:४०

काठमाण्डू, १९ असोज-बडादसैंतो तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा हुदैंछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं...

सरकारद्वारा १४ जिल्लाका ४० पालिका संकट ग्रस्त क्षेत्र घोषणा

२०८१ असोज १९ गते ०:३५

काठमाण्डु, १९ असोज-सरकारले गत साताको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट अति प्रभावित पालिकाहरुलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जिल्लाका ४० भन्दा बढी पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । तसअघि शुक्रबारै गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको...

रास्वपाले भन्योः मुग्लिनमा रवि लामिछानेविरुद्धको व्यवहार सरकारी गुण्डागर्दी

२०८१ असोज १८ गते २०:२९

काठमाण्डु, १८ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेविरुद्ध चितवनमा प्रदर्शन गर्नेहरु दुई सत्तारुढ घटक काँग्रेस र एमालेका कार्यकर्ता रहेको आरोप लगाएको छ । रास्वपाका एक पदाधिकारीले काँग्रेस–एमालेले नियोजित रुपमा कार्यकर्ता परिचालन गरी नाराबाजी गराएको बताए । ‘जति नै हल्ला गरे...

सर्लाहीमा नहरमा डुबेर बालकको मृत्यु

२०८१ असोज १८ गते २०:०९

सर्लाही, १८ असोज– सर्लाहीमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको बसबरिया गाउँपालिका–४ गोनरवाका १२ वर्षका चन्दन भण्डारीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै नहरमा जमेको पानीमा नुहाउन गएका बेला शुक्रबार साँझ उनको डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ...

११ वर्षीय बालक र १२ वर्षीया बालिका खोलामा बगे

२०८१ असोज १८ गते २०:०५

ताप्लेजुङ, १८ असोज– ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् । मैवाखोलाको खार्तेस्थित दहमा पौडी खेल्ने क्रममा स्थानीय संजहाङ बराइलीको छोरा अन्दाजी ११ वर्षीय सन्देश बराइली र सोही ठाउँकै रिन्जिन शेर्पाको छोरी अन्दाजी १२ वर्षीया आइतारानी शेर्पा शुक्रबार बेपत्ता भएको...

सहकारी ठगेको छैन, जुन न्यायाधीश र जुन वकिलसँग बहस गर्न पनि तयार छुः लामिछाने

२०८१ असोज १८ गते २०:०१

चितवन, १८ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको बताएका छन् । चितवनको इच्छाकामनामा शुक्रबार आयोजित सार्वनजिक सुनुवाइमा बोल्दै उनले राजनीतिमा आएदेखि नै आफूलाई फसाउने षड्यन्त्र भइरहेको बताए । सहकारी समस्या समाधान गर्न भन्दा आफूलाई फसाउन राज्यका सबै...

दाउन्नेमा फेरि भासियो सडक

२०८१ असोज १८ गते २०:००

पश्चिम नवलपरासी,१८ असोज– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डमा पर्ने पश्चिमनवलपरासीको बर्दघाट–४ स्थित दाउन्नेमा फेरि सडक भासिएको छ । खुर्सानी खोला नजिकै शुक्रबार फेरि सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको जिल्ला प्रहरी कार्यालय...

४० बढी स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सिफारिस

२०८१ असोज १८ गते १९:५३

काठमाण्डु, १८ असोज– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो र डुबानबाट प्रभावित ४० स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको छ । प्राधिकरण कार्यकारी समितिको २६औं बैठकले शुक्रबार बाढीपहिरो र डुबानबाट प्रभावित १२ जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र...

२० दिनपछि स्वदेश फर्किइन् आरजुः स्पोर्टर्स डिप्लोमेसीमा आफू सफल भएको दाबी

२०८१ असोज १८ गते १९:३६

काठमाण्डु, १८ असोज– परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किएकी हुन् । क्यानडा, अमेरिका, कतार हुँदै उनी शुक्रबार स्वदेश फर्किएकी हुन् । पछिल्लोपटक राणा कतारको दोहामा आयोजित एशिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा सभागी भएकी थिइन् । क्यानाडाको टोरन्टोमा असोज ३ र ४ मा...

बागमती प्रदेशमा चालकले स्मार्ट लाइसेन्स बोक्नु नपर्ने

२०८१ असोज १८ गते १९:२०

काठमाण्डु, १८ असोज–बागमती प्रदेशमा गाडी चलाउँदा चालकके स्मार्ट लाइसेन्स बोक्नुनपर्ने भएको छ । अबदेखि स्मार्ट लाइसेन्सको साटो नागरिक एपमा डाउनलोड गरिएको क्युआर कोडसहितको अनुमति पत्र मोबाइल देखाए हुने भएको छ । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयेल शुक्रबारदेखि यो व्यवस्था कार्यान्वयनमा आएको जनाएको...

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

२०८१ असोज १८ गते १९:०८

बाँके, १८ असोज– बाँकेमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ। बैजनाथ गाउँपालिका–२ हरियाली चोकका ४८ वर्षीय बुद्धि चौधरीको ढिस्कामा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । माटो खन्ने क्रममा टिस्कोले पुरिएर शुक्रबार बिहान मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ...

सशस्त्र प्रहरीद्वारा सईसहित आफ्नै तीन कर्मचारी पक्राउ

२०८१ असोज १८ गते १९:०५

कैलाली, १८ असोज– भन्सार नतिरी भारतबाट सामान ल्याउन खोज्ने सशस्त्र प्रहरीका तीन जना कारबाहीमा परेका छन् । विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन खोजेको आरोपमा मद्धति सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) अमर विष्ट, हवल्दार मोहन भट्ट र सहायक हवल्दार रामबहादुर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us