काठमाण्डु, १८ असोज–बागमती प्रदेशमा गाडी चलाउँदा चालकके स्मार्ट लाइसेन्स बोक्नुनपर्ने भएको छ ।
अबदेखि स्मार्ट लाइसेन्सको साटो नागरिक एपमा डाउनलोड गरिएको क्युआर कोडसहितको अनुमति पत्र मोबाइल देखाए हुने भएको छ ।
बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयेल शुक्रबारदेखि यो व्यवस्था कार्यान्वयनमा आएको जनाएको छ ।
नागरिक एपमामार्फत क्यूआर कोड स्क्यान गरी ट्राफिक प्रहरीले चालक अनुमतिपत्र हेर्न सक्ने छन् ।
सरकारले ट्रालय पास गरेको महिनौसम्म पनि चालक अनुमति पत्र प्रिन्ट गरेर दिन नसकेको अवस्थामा नयाँ व्यवस्थाले चालकलाई राहत हुने भएको छ ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई क्युआर कोड स्क्यान गर्ने प्रयोजनका लागि
१ सय ४ थान स्मार्ट फोन हस्तान्तरण गरे ।
ट्राफिक नियम उलंघन गर्ने चालकलाई ट्राफिक प्रहरीले एपमार्फत जरिवाना गर्ने तथा चालकले अनलाइन प्रणालीमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था मिलाइएको छ ।
कार्यक्रममा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले स्मार्ट लाइसेन्स छाप्न ढिलो भइरहेको सन्दर्भमा नयाँ व्यवस्थाले सेवाग्राहीलाई सहजता हुने बताए ।