माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १८ गते १९:०८ मा प्रकाशित

बाँके, १८ असोज– बाँकेमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।

बैजनाथ गाउँपालिका–२ हरियाली चोकका ४८ वर्षीय बुद्धि चौधरीको ढिस्कामा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

माटो खन्ने क्रममा टिस्कोले पुरिएर शुक्रबार बिहान मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us