सर्लाही, १८ असोज– सर्लाहीमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको बसबरिया गाउँपालिका–४ गोनरवाका १२ वर्षका चन्दन भण्डारीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकै नहरमा जमेको पानीमा नुहाउन गएका बेला शुक्रबार साँझ उनको डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
माछा मारिरहेका स्थानीयले उद्धार गरी बालकलाई बरहथवास्थित गोल्डेन अस्पताल लगेका थिए ।
उपचारका क्रममा भण्डारीको शुक्रबार साँझ ज्यान गएको हो ।