११ वर्षीय बालक र १२ वर्षीया बालिका खोलामा बगे

काठमाण्डु टुडे २०८१ असोज १८ गते २०:०५ मा प्रकाशित

ताप्लेजुङ, १८ असोज– ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् ।

मैवाखोलाको खार्तेस्थित दहमा पौडी खेल्ने क्रममा स्थानीय संजहाङ बराइलीको छोरा अन्दाजी ११ वर्षीय सन्देश बराइली र सोही ठाउँकै रिन्जिन शेर्पाको छोरी अन्दाजी १२ वर्षीया आइतारानी शेर्पा शुक्रबार बेपत्ता भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

सँगै पौडी खेल्न गएका आइतरानीका दाजु १४ वर्षीय कुसुले शेर्पा भने सकुशल छन् ।

उनले आइतरानी र सन्देशलाई खोलाले बगाएको बखर घरमा गरेपछि खोजी भएको थियो ।

प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us