काठमाण्डु, १ कात्तिक– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनको लागि निर्वाचन आयोगले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न राजनीतिक दलहरूलाई निर्देशन गरेको छ । निर्वाचन आयोगले आज बिहीबार विज्ञप्ति जारी गर्दै आयोगको यही असोज ३० गते बसेको बैठकले यस्ता निर्देशन दिने...
काठमाण्डु, १ कात्तिक– सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका देशभरका विभिन्न १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न ७ दिनको ‘अल्टिमेटम’ दिएको छ । आज बिहिबार सहकारी व्यवस्थापन समितिले सूचना प्रकाशित गरी ७ दिनभित्र ऋण तिर्न ‘अल्टिमेटम’ दिएको हो । समितिले अन्तिम पटक...
काठमाण्डु, १ कात्तिक– कैलालीको एक नदीमा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन । कैलाली जिल्लाको टीकापुर नगरपालिका–८ का रतन खत्रीको नास्ता पसलमा काम गर्ने भारतीय नागरिक छोटु भनिने ५० वर्षीय पुरुष मोहना नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ...
काठमाण्डु, १ कात्तिक– प्रधानमन्त्रीको सरकारी विवास बालुवाटारमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक भएको छ । बैठकमा कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश...
काठमाण्डु, १ कात्तिक– एमाले महासचिव शङ्कर पोखरेलले व्यवसायी मीनबहादुर गुरुङ जोडिएको बालुवाटारको सरकारी जग्गा ललिता निवास प्रकरणसँग एमालेलाई दान दिएको कीर्तिपुरको जग्गासँग कुनै साइनो नरहेको स्पष्ट पारेका छन । आज (बिहिबार) बाँकेको कोहलपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले पार्टी...
काठमाण्डु, १ कात्तिक– बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट) मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या आएको छ । विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर सुरक्षित अवतरण गरिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिएका छन । अहिले उक्त विमानको प्राविधिक...
काठमाण्डु, १ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकोविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। पार्टी कार्यालय निर्माणका नाममा जग्गा लिएको र व्यापारीले भवन पनि बनाइदिने भनेको भन्दै ओलीविरुद्ध उजुरी परेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीविरुद्ध आज बिहिबार सिन्धुलीका...
काठमाण्डु, १ कात्तिक– प्रहरीले कैलालीबाट साढे २० क्विन्टल चिनी बरामद गरेको छ । कैलालीको कैलारी गाउँपालिका–८ को लौंसाबाट बिहीबार भारतबाट ल्याइएको १६ लाख ८७ हजार मूल्य बराबरको चिनीसहित बरामद गरी गाडीलाई पनि नियन्त्रण्मा लिइएको कैलाली प्रहरीले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय...
काठमाण्डु, १ कात्तिक– काठमाण्डुको गोकर्णेश्वरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन । गोकर्णेश्वर नगरपालिका–४ गोकर्णस्थित माइती नेपालस्थित प्रतीक्षालयमा ति पुरुष मृत फेला परेका हुन । नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आज बिहीबार मृत अवस्थामा फेला परेको काठमाण्डु प्रहरीले जानकारी...
काठमाण्डु, १ कात्तिक– सुर्खेत प्रहरीले आफ्नै श्रीमतीलाई १५ हजार भारुमा बोच्न श्रीमानलाई २४ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, का ६१ वर्षीय भक्तबहादुर विष्ट रहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ । मानव बेचबिखन मुद्दाका फरार अभियुक्तको सूचीमा रहेका...
काठमाण्डु, १ कात्तिक– आज (बिहीबार) विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा समितिको बैठक बस्न समितिले जानकारी दिएको छ । बैठकले महत्वपूर्ण निर्णय गर्ने सम्भावना रहेको समितिले जनाएको छ ।...
काठमाण्डु, १ कात्तिक– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणका उल्लेख गरीएको...