काठमाण्डु, १ कात्तिक– कैलालीको एक नदीमा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन । कैलाली जिल्लाको टीकापुर नगरपालिका–८ का रतन खत्रीको नास्ता पसलमा काम गर्ने भारतीय नागरिक छोटु भनिने ५० वर्षीय पुरुष मोहना नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ ।
बुधबार नदीमा नुहाउने क्रममा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिएका छन ।
स्थानीयको सहयोगमा प्रहरीले उनको खोजी गरिरहेको छ तर अहिलेसम्म अवस्था अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ ।