काठमाण्डू, ३० माघ– काठमाण्डूको शंखरापुर नगरपालिका–५ मा बुधबार स्कुल बस दुर्घटना भएको छ । चाबहिल मैजुबहालस्थित सत्यसाई स्कुलका विद्यार्थी बोकेको बा२ख ७९५८ नम्बरको बस कात्तिकेबाट साँखु आउने क्रममा दुर्घटना भएको हो । काठमाण्डू पहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले नगरकोट पिकनिक गएर फर्कने क्रममा...
काठमाण्डू, ३० माघ– संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धका रिट हेर्दाहेर्दैमा राखिएको छ । चार वर्षसम्म थन्किएर बुधबार सुरु भएको उक्त रिटमाथिको सुनुवार्इ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा सुनुवार्इ...
काठमाण्डू, ३० माघ– प्रधानमन्त्री केपी ओलीले सरकारमाथि घेराबन्दी भएको बताएका छन् । एमाले निकट निजामती कर्मचारी संगठनको १२औं अधिवशेनलाई बुधबार सम्बोधन गर्दै उनले घेराबन्दीले सरकारलाई केही फरक नपर्ने दाबी गरे । आगामी ०८४ को आमनिर्वाचनसम्म वर्तमान सत्ता गठबन्धनले निरन्तरता पाउने उनको भनाइ थियो ।...
काठमाण्डू, ३० माघ– राष्ट्रिय मानव अधिकार आयोगले नाबालिकालाई घरेलु कामदारका रुपमा श्रम शोषण तथा हिंसा गरेको आरोप लागेकी एमाले लुम्बिनी प्रदेशसभाकी सांसद रेखाकुमारी शर्मामाथि मुद्धा नचलाउने सरकारी वकिलको निर्णयमा छानबिन अघि बढाएको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै सांसद शर्मामाथि मुद्दा नचलाउने सरकारी...
काठमाण्डू, ३० माघ– प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साँगा र थानकोट कटाउने तयारी गर्न निर्देशन दिएका छन् । पार्टी निकट निजामती कर्मचारी संगठनको १२औं महाधिवेशनको बुधबार उद्घाटन गर्दै ओलीले प्रचण्डको नाम उल्लेख नगरी ‘विद्रोह गर्छु भन्दै अराजकता मच्चाउन खोज्नेलाई’ डाँडा...
काठमाण्डू, ३० माघ– काठमाण्डूको शंखरापुरमा बस दुर्घटना भएको छ । विद्यार्थी सवार बस कात्तिके भञ्ज्याङबाट साँखु झर्ने क्रममा बस दुर्घटना भएको स्थानीयले बताएका छन् । बसमा पिकनिकका लागि गएर फर्कंदै गरेका विद्यार्थीहरु सवार रहेको अनुमान गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ...
काठमाण्डू, ३० माघ– सरकारमा सहभागी लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) ले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने घोषणा गरेको छ । अध्यक्ष महन्थ ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै भूमिसम्बन्धी अध्यादेशमा समर्थन गर्न नसक्ने निर्णय पार्टीले लिएको बताएका छन् । लोसपा वर्तमान केपी ओली नेतृत्वको सरकारमा सहभागी छ...
काठमाण्डू, ३० माघ– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका अध्यादेश फेल नहुने जिकिर गरेका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार भेटभाटमा उनले अध्यादेश पास वा फेल भन्ने बेला नभएको बताए । राजनीतिक दलहरुबीच छलफल चलिरहेको भन्दै...
काठमाण्डू, ३० माघ– खानेपानीमन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणको लापरबाहीले खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्र जलमग्न भएको आरोप लगाएका छन् । काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक पौडेललाई लिएर पाइप फुगेर जलमग्न भएको स्थानमा पुगेका मन्त्री यादवले त्यस्तो बताएका...
काठमाण्डू, ३० माघ– काठमाण्डू उपत्यका खानेपानी लिमिटेड केयुकेएल) ले विद्युत प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा पाइप फुटेर बबरमहलमा बाढी आएको जनाएको छ । प्राधिकरणको लापरबाहीका कारण मुख्य वितरण प्रणालीको पाइपमा क्षति पुगेकाले बाढी आएको केयूकेएलले जनाएको छ । केयुकेएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...
काठमाण्डू, ३० माघ– सत्तारूढ कांग्रेस निकट विद्यार्थी संगठन सरकारविरुद्ध सडकमा उत्रिएको छ । काँगेस र एमाले सम्मिलित सरकार बनेको ७ महिनापछि नेविसंघ पहिलोपटक सरकारविरुद्ध सडकमा आएको हो । सरकारले हालै राष्ट्रियसभामा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकका नियन्त्रणकारी प्रावधानको विरोधमा नेविसंघले...
काठमाण्डू, ३० माघ– चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा भएको आयोग बैठकमा निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने...