काठमाण्डू, ३० माघ– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका अध्यादेश फेल नहुने जिकिर गरेका छन् ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार भेटभाटमा उनले अध्यादेश पास वा फेल भन्ने बेला नभएको बताए ।
राजनीतिक दलहरुबीच छलफल चलिरहेको भन्दै अहिले नै फेल र पास भन्न नमिल्ने उल्लेख गरे ।
‘राजनीतिक दलहरूबीच छलफल चलिरहेको छ,’ उनले भने, ‘अहिले नै अध्यादेश पास र फेल हुने भयो भन्ने परिस्थिति छैन ।’
प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनबाट अध्यादेश पारित हुने दाबी उनको छ ।