समाचार

दोलखामा भीरबाट लडेर एक जनाको मृत्यु

२०८१ फागुन १ गते १६:१५

काठमाण्डू, १ फागुन– दोलखामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शैलुङ गाउँपालिका–२ पुरानो गाँउ बस्ने ६८ वर्षीय वीबहादुर तामाङमा रहेको प्रहरीले जानकारी दिएको छ । तामाङ घरदेखि करिब तीन किलोमिर टाढा जंगलमा पत्कर लिन गएका थिए । उनी सोही ठाउँमा...

रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

२०८१ फागुन १ गते १५:५०

काठमाण्डू, १ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन । आज (बिहिबार) सो मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री...

नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

२०८१ फागुन १ गते १५:३२

काठमाण्डू, १ फागुन– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन । अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । सोही पार्टीकी नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले अध्यक्षमा भट्टराई निर्वाचित भएको जानकारी दिँदै औपचारिक घोषणा...

सामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ

२०८१ फागुन १ गते १५:२६

काठमाण्डू, १ फागुन– प्रहरीले खडेरीको बेला सामुदायिक वनमा आगो लगाउने दुई युवालाई पक्राउ गरेको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कस्थित ठुलाढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा स्थानीय दुई युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कुश्मा–१४ बगाल थोकका २६ वर्षीय सुवास पौडेल...

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत कार्य सकियो

२०८१ फागुन १ गते १५:१०

काठमाण्डू, १ फागुन– नेपाल बिद्युत् प्राधिकरणले बिद्युतका तारहरू अन्डर ग्राउन्ड गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न गरेको छ । थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको काठमाण्डू उपत्यका खानेपानी...

रोल्पामा जिप दुर्घटना, २ जना घाइते

२०८१ फागुन १ गते १४:२३

काठमाण्डू, १ फागुन– रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना भएको छ । घोराहीबाट परिवर्तन गाउँपालिका–२ राङ्सीतर्फ जाँदै गरेको भे १ ज १०११ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकरी दिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्सपेक्टर बिदुरचन्द्र अधिकारीका अनुसार दुर्घटनामा परेर दुई जना घाइते...

जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गरेरै छाड्छुः प्रचण्ड

२०८१ फागुन १ गते १३:५२

काठमाण्डू, १ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गरेरै छाड्ने बताएका छन । आज बिहिबार ३० औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन ।...

भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु

२०८१ फागुन १ गते १३:२६

काठमाण्डू, १ फागुन– सिन्धुलीको सुनकोशी गाउँपालिका-३ नौविसेमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ । घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो । भैँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्ले जानकारी दिएका...

धनगढीमा ड्युटीमा खटिएका प्रहरीलाई चक्कु प्रहार गर्न खोज्ने एक जना पक्राउ

२०८१ फागुन १ गते १३:१२

काठमाण्डू, १ फागुन– प्रहरीले कैलालीको धनगढीमा ड्युटीमा खटिएका प्रहरीलाई चक्कु प्रहार गर्न खोज्ने एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ फुलबारी घर भएका टेक टामाटा रहेका छन । ३६ वर्षीय टमाटाले बिहीबार साँझ धनगढी उपमहानगरपालिका–३ स्थित ट्राफिक चोकमा मापसे गरेर सड्कमा हल्ला...

दोलखामा शिक्षिकालाई आक्रमण गर्ने विरुद्ध ज्यान मार्ने उद्योगको जाहेरी दर्ता, आक्रमणकारी खोज्दै प्रहरी

२०८१ फागुन १ गते १३:०४

काठमाण्डू, १ फागुन– दोलखाको बैतेश्वर गाउँपालिका–६ स्थित नाम्दुमा शिक्षिकालाई आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा जाहेरी दार्ता भएको छ । २८ माघमा एक जना युवकले धारिलो हतियार देखाउँदै त्रिपुरा क्याम्पसमा अध्यापन गर्ने उषा तामाङ लामालाई क्याम्पसको गेट नजिकै आक्रमण भएको थियो । आक्रमणमा...

नागढुंगाबाट सुनसहित दुई भारतीय पक्राउ

२०८१ फागुन १ गते १२:४३

काठमाण्डू, १ फागुन– प्रहरीले नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला रहेको प्रहरीले जनाएको छ । काँकडभिट्टाबाट आउँदै गरेका बेला उनीहरूलाई सुनसहित पक्राउ गरिएको जिल्ला...

जनयुद्ध मेटाउन प्रयास गर्नेहरु खरानी हुन्छन्ः प्रचण्ड

२०८१ फागुन १ गते ९:४४

काठमाण्डू, १ फागुन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने बताएका छन् । ३०औं जनयुद्ध दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तन गराउने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us