काठमाण्डू, १ फागुन– दोलखामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शैलुङ गाउँपालिका–२ पुरानो गाँउ बस्ने ६८ वर्षीय वीबहादुर तामाङमा रहेको प्रहरीले जानकारी दिएको छ ।
तामाङ घरदेखि करिब तीन किलोमिर टाढा जंगलमा पत्कर लिन गएका थिए । उनी सोही ठाउँमा बुधबार भीरबाट लडेर करिब १०० मिटर खसेर तल पुगेको पुगेको प्रहरीले जानकारी दिएको छ ।
भीरबाट खसेर गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल काठमाण्डूमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।