संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाण्डु टुडे २०८१ माघ ३० गते १९:०० मा प्रकाशित

काठमाण्डू, ३० माघ– संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धका रिट हेर्दाहेर्दैमा राखिएको छ ।

चार वर्षसम्म थन्किएर बुधबार सुरु भएको उक्त रिटमाथिको सुनुवार्इ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा सुनुवार्इ सुरु भएको हो ।

पहिलो दिन रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्याल र वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले बहस गरेका छन् । प्रधानमन्त्री केपी ओलीले अघिल्लो कार्यकालमा विभिन्न संवैधानिक निकायमा ५२ जनालाई नियुक्त गरेका थिए । उक्त नियुक्ति गैरकानुनी रहेको भन्दै बदर गर्न अर्यालले १ पुस ०७७ मा रिट दायर गरेका थिए । नियुक्तिविरुद्ध १४ वटा रिट दायर भएका छन् ।
निवेदकका तर्फबाट २४ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका छन् । त्यस्तै सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालसहित १० जनाले बहस गर्नेछन । मुद्धाको अर्को पेशी आगामी २१ फागुनका लागि तोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us