समाचार

सरकारले शून्य नम्बर दिएर केही फरक पर्दैन, मेरो कामको मूल्यांकन जनताले गरेका छन्ः कुलमान

२०८१ फागुन २१ गते २१:२३

काठमाण्डू, २१ फागुन- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले आफूलाई जिरो नम्बर दिएको विषयमा प्रतिक्रिया जनाएका छन् । प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गतका वितरण केन्द्रँअन्तर्गत सडकबत्तीको महसुलर्गत भुक्तानी गर्ने पालिकालाई प्रशंसापत्र प्रदान गर्ने बुधबार आयोजित कार्यक्रममा बोल्दै घिसिङले शून्य वा सय नम्बर...

प्रतिपक्षको आपत्तिबीच ५ अध्यादेश स्वीकृत, भूमिसम्बन्धी अध्यादेशबाट पछि हट्यो सरकार

२०८१ फागुन २१ गते १८:४०

काठमाण्डू, २१ फागुन- प्रतिनिधिसभाले सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले ती अध्यादेश बहुमतले स्वीकृत गरेको हो । भूमिसम्बन्धी अध्यादेशबाट पनि सरकार पछि हटेको छ । एकैपटक ६ वटा अध्यादेश ल्याएको भए पनि बुधबार प्रतिनिधिसभामा स्वीकृतिका लागि ५ अध्यादेश मात्र...

५० लाखदेखि १ करोडसम्म खर्च गरेर अमेरिका छिरे, हत्कडी र चेनमा बाँधिएर फर्किए

२०८१ फागुन २१ गते १८:२०

काठमाण्डू, २१ फागुन– अमेरिकाको टेक्सास राज्यबाट डिपोर्ट भएका ९ जना नेपाली आज बुधबार बिहान काठमाण्डू आइपुगेका छन् । उनीहरूमध्येका ८ जनालाई अमेरिकन प्रहरीले चार्टड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेका हुन् । उनीहरूलाई छाड्न ४ जना अमेरिकी प्रहरी आएका थिए । अमेरिकन प्रशासनले उनीहरूलाई...

अमेरिका पठाउने ५० जना बिचौलियाको सूची प्रहरीसँग

२०८१ फागुन २१ गते १८:०८

काठमाण्डू, २१ फागुन– नेपालबाट अमेरिका पठाउने ५० जना बिचौलिया सक्रिय रहेको खुलेको छ । प्रहरीको मानव बेचबिखन ब्युरोले बिचौलियाहरूको सूची बनाएर अनुसन्धान कार्य सुरु गरेको छ । काठमाण्डूबाट अवैध तरिकाले मेक्सिको हुँदै अमेरिका पठाउन कम्तीमा ५० जना सक्रिय रहेको मानव बेचबिखन ब्युरोका एक जना...

अर्घाखाँचीमा जिप दुर्घटना, चालकको मृत्यु

२०८१ फागुन २१ गते १८:०४

काठमाण्डू, २१ फागुन– अर्घाखाँचीको मालारानीमा बुधवार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अर्धाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ कुभिन्डेमा भएको उक्त दुर्घटनामा चालक कृष्ण लाल मरासिनीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । बुटवलबाट मालारानी...

मुलुक ‘ग्रे लिस्ट’मा पुग्नुमा अहिलेको सरकारको नभइ अरु कसैको भूमिका छः अर्थमन्त्री पौडेल

२०८१ फागुन २१ गते १७:४८

काठमाण्डू, २१ फागुन– उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकलाई २ वर्षभन्दा अगाडि नै ‘ग्रे लिस्ट’ बाट बाहिर निकालिने दाबी गरेका छन् । आज बुधबारका बसेको प्रतिनिधि सभाको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो...

निजीकरण अध्यादेश संसद्ले गर्यो स्वीकृत

२०८१ फागुन २१ गते १७:१४

काठमाण्डू, २१ फागुन– आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकले निजीकरण (पहिलो संशोधन) अध्यादेश स्वीकृत गरेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलका अनुसार सार्वजनिक लगानीमा रहेको लगानी व्यवस्थापन गर्नेगरी यो अध्यादेश ल्याएको हो । तर, संसद्मा यो विधेयकले निजीकरणलाई मात्रै प्रवद्र्धन गर्ने भनेर विपक्षी...

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष लागूऔषध कारोबारमा दोषी ठहर

२०८१ फागुन २१ गते १७:१०

काठमाण्डू, २१ फागुन– नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता लागूऔषध कारोबारमा दोषी ठहर भएका छन । जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्ता र गाउँपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई कसुरदार ठहर गरेको हो । कसैबाट लागुऔषध बरामद नभए पनि अध्यक्ष गुप्ता अप्रत्यक्ष...

सरकारले प्रतिनिधि सभामा पेस गरेको अध्यादेशहरु सबै दलहरुका लागि इतिहास लेख्ने अवसरः एमाले सचेतक बराल

२०८१ फागुन २१ गते १६:५८

काठमाण्डू, २१ फागुन– एमाले सचेतक सुनिता बरालले प्रतिनिधि सभामा पेस भएका अध्यादेशहरु सबै दलको लागि इतिहास लेख्ने एउटा महत्व पूर्ण अवसर भएको बताएकी छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बाल्दै एमाले सांसद बरालले यस्तो बताएकी हुन । एमाले सचेतक बरालले निर्वाचनमा जाँदा...

गगनलाई माधवको प्रश्न: संख्याका आधारमा बुरुकबुरुक उफ्रनु लोकतन्त्र हो ?

२०८१ फागुन २१ गते १६:४४

काठमाण्डू, २१ फागुन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कांग्रेस महामन्त्री समेत रहेका सांसद गगन थापालाई लोकतन्त्रबारे प्रश्न गरेका छन् । सुरुका कार्यकालमा लोकतन्त्रबारे थापाले बहस गरेको स्मरण गर्दै उनले अहिले सिंगो देश र नागरिक समाजले के भनिरहेको भन्नेबारे ध्यान दिन...

बजेट आउनु एक महिनाअघि प्रि-बजेट छलफल सक्नुपर्ने अध्यादेश संसद्बाट स्वीकृत

२०८१ फागुन २१ गते १६:३९

काठमाण्डू, २१ फागुन– आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकबाट बजेट आउनु एक महिनाअघि प्रि–बजेट छलफल सक्नुपर्ने अध्यादेश स्वीकृत भएको छ । सरकारले २९ पुसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशसहित चार वटा अध्यादेश ल्याएको थियो । बुधबार यो अध्यादेश प्रतिनिधि सभामा निर्णयार्थ...

सुशासन प्रवर्द्धन अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

२०८१ फागुन २१ गते १६:२५

काठमाण्डू, २१ फागुन– आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकले यो अध्यादेश स्वीकृत गरेको हो । यो अध्यादेशमा विपक्षी दलहरूको तर्फबाट ७ जना सांसदले अस्वीकृत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us