निजीकरण अध्यादेश संसद्ले गर्यो स्वीकृत

काठमाण्डु टुडे २०८१ फागुन २१ गते १७:१४ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकले निजीकरण (पहिलो संशोधन) अध्यादेश स्वीकृत गरेको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलका अनुसार सार्वजनिक लगानीमा रहेको लगानी व्यवस्थापन गर्नेगरी यो अध्यादेश ल्याएको हो ।

तर, संसद्मा यो विधेयकले निजीकरणलाई मात्रै प्रवद्र्धन गर्ने भनेर विपक्षी दलका सांसदहरूले विरोध गरेका थिए ।

विपक्षी दलका सांसदहरूले यो अध्यादेश अस्वीकृत गरियोस् भनेर प्रस्ताव राखेका थिए । विपक्षी दलका सांसदको प्रस्ताव स्वीकृत हुन सकेन । बहुमतले सरकारले ल्याएको निजीकरण अध्यादेश स्वीकृत गरेको छ ।

यो अध्यादेश २९ पुसमा जारी भएको थियो । बुधबार प्रतिनिधि सभाले स्वीकृत गरेको हो । अब राष्ट्रिय सभाबाट समेत यो अध्यादेश स्वीकृत भएपछि सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us