काठमाण्डू, २१ फागुन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कांग्रेस महामन्त्री समेत रहेका सांसद गगन थापालाई लोकतन्त्रबारे प्रश्न गरेका छन् ।
सुरुका कार्यकालमा लोकतन्त्रबारे थापाले बहस गरेको स्मरण गर्दै उनले अहिले सिंगो देश र नागरिक समाजले के भनिरहेको भन्नेबारे ध्यान दिन आग्रह गरे । ‘लोकतन्त्र भनेको संख्याहरूको संख्या र त्यहाँ बसेर ढ्याप ढ्याप मात्रै गर्ने चाहिँ होइन,’ सापकोटाले भने, ‘मैले माननीय गगन थापालाई पनि यहाँ देखेको छु, मैलेजसरी नै सुरुका कार्यकालमा बहस गर्नुहुन्थ्यो ।’
प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले अघि भने, ‘लोकतन्त्र भनेको संख्याका आधारमा बुरुकबुरुक उफ्रिएर पास गर्ने तन्त्र हो रु लोकले के भनेको छ बाहिर रु आम नागरिक समाज के भन्दैछ रु सिंगै देशले के भनिरहेको छ ?’
उनले सत्तारुढ दलहरूबीच रातारात भएका सम्झौताबारे ज्ञान नभएको भन्दै एउटा अध्यादेश कता हरायो रु भन्दै प्रश्न गरे । ‘तपाईंहरूलाई रस्साकस्सी परेर, सकस परेर रातारात के सम्झौता गर्नुभएको छ थाहा छैन ।
एउटा अध्यादेश कहाँ गायब भयो, फिर्ता भएको हो कि होइन केही जानकारी छैन,’ सापकोटाले भने । लोकतन्त्र विधिको शासन भएको भन्दै संख्याको तन्त्र नभएको पनि जिकिर गरे ।