राजनीति

संसदमा रास्वपाको वेल घेराउ, राप्रपाद्धारा बैठकनै बहिस्कार

२०८२ असार ५ गते १३:३३

काठमाण्डू, ५ असार– आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको आजको बैठकमा वेल घेराउ गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैठकनै बहिस्कार गरेको छ । रास्वपाले आफूहरुले उठाएका माग सरकारले नसुनेको भन्दै रास्वपाले संसद वैठकमा विरोध...

विधेयक पारित गराउन सरकार गम्भीर देखिएनः माओवादी केन्द्र

२०८२ असार ५ गते १३:२९

काठमाण्डू, ५ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेकत हितराज पाण्डेले सदनमा पेश भएका विधेयक पारित गराउने काममा सरकार गम्भीर नदेखिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै माओवादी प्रमुख सचेतक पाण्डेले यस्तो...

देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

२०८२ असार ५ गते ११:४६

काठमाण्डू, ५ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका छन । मंगलबार र बुधबार तीन दलका शीर्ष नेता बस्ने प्रयास भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । यसका निम्ति...

पूर्वराष्ट्रपति भण्डारी फर्केलगत्तै प्रधानन्त्री ओलीका सल्लाहकार रिमाल किन गए चीन ?

२०८२ असार ५ गते १०:५५

काठमाण्डू, ५ असार– एमाले उपमहासचिव समेत रहेका प्रधानमन्त्री केपी शार्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल यति बोल छिमेकी देश चीन भ्रमणमा छन । १ असारमा चीन भ्रमणमा गएका उपमहासचिव रिमालको आज स्वदेश फर्कने कार्यतालिका रहेको छ । मन्त्रीस्तरको सुविधासहित भ्रमणमा गएका उपमहासचिव रिमालको...

गयो दीपक मनाङेको सांसद पद्

२०८२ असार ४ गते २२:३४

काठमाण्डू, ४ असार– गुण्डागर्दी पृष्ठभूमिका गण्डकी प्रदेशका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री गुरुङ उर्फ दीपक मनाङे पदमुक्त भएका छन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र कुमार चुडालको संवैधानिक इजलासले मनाङेको सांसद पद नरहने फैसला गरेको हो ।...

भिजिट भिसामा ठगिएका २ हजार नेपाली सम्पर्कमा आएः रास्वपा

२०८२ असार ४ गते १७:०९

काठमाण्डू, ४ असार– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २ हजारभन्दा धेरै भिजिट भिसा पीडित नेपाली आफूहरूको सम्पर्कमा आएको दाबी गरेको छ । जेठ १४ गते रास्वपाले भिजिट भिसा वा मानव तस्करीसँग सम्बन्धित प्रकरणका कारण ठगिएका नेपालीलाई सम्पर्कमा आउन आह्वान गरेको रास्वपाका कार्यवाहक प्रवक्ता...

एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ: उपाध्यक्ष पौडेल

२०८२ असार ४ गते १६:२१

काठमाण्डू, ४ असार– एमाले उपाध्यक्ष समेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका सबै समस्याहरू समाधानयोग्य रहेको बताएका छन । बुधवार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन । पार्टीको एकता जोगाउँदै राष्ट्रिय राजनीतिमा...

प्रतिनिधिसभामा असार ६ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

२०८२ असार ४ गते १६:०४

काठमाण्डू, ४ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा असार ६ गते सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सङ्घीय संसद् सचिवालयले आज असार १४ गतेसम्मका लागि सार्वजनिक गरेको सदनको क्यालेण्डरमा ६ गते शुक्रवार प्रधानमन्त्रीको सांसदसँग प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ...

धोएको मुला जस्तो पार्टी भेटिँदैनः उपाध्यक्ष पौडेल

२०८२ असार ४ गते १५:०६

काठमाण्डू, ४ असार– उपप्रधान एवं अर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको भावी नेतृत्वबारे अनावश्यक अनुमान नर्गन सबैलाई आग्रह गरेका छन । आज (बुधबार) एमाले जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन । पौडेलले विधान महाधिवेशन नै नभइ नेतृत्वबारे...

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

२०८२ असार ४ गते १२:१६

काठमाण्डू, ४ असार– नेपाल सरकारले इजराइलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरुको नामावली संकलन सुरु गरेको छ । इरानसँगको संघर्ष चर्किएकाले नेपालीहरुलाई उद्धार गर्ने प्रयोजनका लागि नामावली संकलन अभियान सुरु गरीएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । इजरायलको तेल अविवस्थित नेपाली दूतावासले अनलाइन फारम भर्न...

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

२०८२ असार ४ गते १२:१०

काठमाण्डू, ४ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकारी कर्मचारीले राजीनामा वा अवकाशपछि २ वर्षसम्म संवैधानिक वा अन्य नियुक्ति नपाउने सम्बन्धी प्रावधान ((कुलिङ पिरियड) बारे छलफलमा जुटेका छन । संघीय निजामती कर्मचारीको सेवा र सुविधान सम्बन्धी विधेयकमा २ वर्ष कुलिङ पिरियड...

अमेरिकी राष्ट्रपति ट्रम्पलाई इरानको जवाफ: युद्ध सुरु भइसक्यो, इजरायलसँग सम्झौता गर्दैनौं

२०८२ असार ४ गते ९:१४

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग विनासर्त आत्मसमर्पण गर्नुपर्छ भनेपछि इरानले त्यसको कडा जवाफ दिएको छ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइले इजरायलविरुद्ध कहिल्यै सम्झौता नहुने भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन । सामाजिक सञ्जाल ‘एक्स’मार्फत ट्रम्पलाई जवाफ दिंदै उनले लेखेका छन्,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us