धोएको मुला जस्तो पार्टी भेटिँदैनः उपाध्यक्ष पौडेल

काठमाण्डु टुडे २०८२ असार ४ गते १५:०६ मा प्रकाशित

काठमाण्डू, ४ असार– उपप्रधान एवं अर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको भावी नेतृत्वबारे अनावश्यक अनुमान नर्गन सबैलाई आग्रह गरेका छन ।

आज (बुधबार) एमाले जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन । पौडेलले विधान महाधिवेशन नै नभइ नेतृत्वबारे अनुमान गर्ने र विभाजित हुने काम नगर्न आग्रह गरे ।

‘विधान महाधिवेशन भन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौं’ पौडेलले भने, ‘विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौंला । एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन ।’

विधान महाधिवेशनले तय गर्ने नीतिका आधारमा नेतृत्वबारे निर्णय हुने भएकाले हतार नगर्न पौडेलले आग्रह समेत गरेका छन । उपप्रधानमन्त्री पौडेलले एमालेभित्र तुलनात्मक कम समस्या रहेको बताए ।

उपाध्यक्ष पौडेलले भने, ‘कतै पनि सग्लो पार्टी भेटिँदैन । धोएको मुला जस्तो, गंगा जस्तो पार्टी भेटिँदैन, ‘तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो । जे जस्ता समस्या पार्टीमा देखिन्छ, तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us