भिजिट भिसामा ठगिएका २ हजार नेपाली सम्पर्कमा आएः रास्वपा

काठमाण्डु टुडे २०८२ असार ४ गते १७:०९ मा प्रकाशित

काठमाण्डू, ४ असार– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २ हजारभन्दा धेरै भिजिट भिसा पीडित नेपाली आफूहरूको सम्पर्कमा आएको दाबी गरेको छ ।

जेठ १४ गते रास्वपाले भिजिट भिसा वा मानव तस्करीसँग सम्बन्धित प्रकरणका कारण ठगिएका नेपालीलाई सम्पर्कमा आउन आह्वान गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

‘त्यो क्रममा भर्चुअल र फिजिकल माध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आउनुभयो,’ कार्यबाहक प्रवक्ता मनीष झाले भने, ‘त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आउनुभयो । हामीले वहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका हौं ।

र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो ।’ भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपाले प्रतिनिधि सभा अवरुद्ध गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us