पूर्वराष्ट्रपति भण्डारी फर्केलगत्तै प्रधानन्त्री ओलीका सल्लाहकार रिमाल किन गए चीन ?

काठमाण्डु टुडे २०८२ असार ५ गते १०:५५ मा प्रकाशित

काठमाण्डू, ५ असार– एमाले उपमहासचिव समेत रहेका प्रधानमन्त्री केपी शार्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल यति बोल छिमेकी देश चीन भ्रमणमा छन । १ असारमा चीन भ्रमणमा गएका उपमहासचिव रिमालको आज स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

मन्त्रीस्तरको सुविधासहित भ्रमणमा गएका उपमहासचिव रिमालको भ्रमणलाई सरकार र एमाले दुवैले गोप्य राखेको छ । चीन सरकारको निमन्त्रणामा पाँच दिनको औपचारिक कार्यक्रमको लागि उपमहासचि रिमाल चीन भ्रमणमा गएको स्रोतले जानकारी दिएको छ ।

प्रमुख सल्लाहकार रिमालको भ्रमण औपचारीक भए पनि गोप्य राखिएको स्रोतले जानकारी दिएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण लगत्तै प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार रिमाल चिन भ्रमणमा स्किनुलाई अर्थपूर्ण रुपमा हेरीएको छ ।

भण्डारीको चीन भ्रमणपछि वामपन्थी सहकार्य र प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका सन्दर्भलाई लिएर रिमालको भ्रमण भएको बताइएको छ ।

मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्दा सरकारले उनको भ्रमणका बारेमा जानकारी दिएको थिएन । नेपाल सरकारका सचिवहरूको समेत विदेश भ्रमणको निर्णय मन्त्रिपरिषदबाट गर्ने विद्यमान प्रावधान भएको बेला मन्त्रीस्तरका मुख्य सल्लाहकारको चीन भ्रमणको निर्णय नहुने कुरै भएन । स्रोतले भन्यो, ‘गोप्य राख्नु नपर्ने भए निर्णय सार्वजनिक भइहाल्थ्यो नि ।’

एमालेभित्रको आन्तरिक गुटबन्दीमा हुन सक्ने चाइना कार्डलाई समेत प्रधानमन्त्री अनुकुल बनाउन यो भ्रमण भएको बताइएको छ । रिमाल पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कदै छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us