राजनीति

ज्ञानेन्द्रले आफ्नै होटलमा भेला गरे राजावादी नेता

२०८२ जेठ ८ गते १९:५६

काठमाण्डू, ८ जेठ-पूर्वराजा ज्ञानेन्द्र शाहले १५ जेठदेखि थाल्ने भनिएको राजावादी आन्दोलनको तयारी बैठक राखेका छन् । ज्ञानेन्द्र राजावादी नेताहरुसँग आफ्नै लगानीको सोल्टी होटलमा बिहीबार लन्च मिटिङ राखेका हुन् । बैठकमा संयुक्त जनआन्दोलन समिति संयोजक पूर्वपञ्च नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष...

इप्पानसँग घूस मागिएको विषयमा अख्तियारद्वारा धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठसँग बयान

२०८२ जेठ ८ गते १९:४६

काठमाण्डू, ८ जेठ-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई बयानका लागि बोलाएको छ । जलविद्युत आयोजनाको साधारण सेयर (आइपिओ) जरी गर्न घूस मागिएको भन्ने विषयमा सोधपुछ गर्न आयोगले श्रेष्ठलाई टंगालस्थित कार्यालयमा बोलाएको हो । स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल, (इप्पान) ले सेयर...

रवि लामिछानेको रिट आज पनि हेर्दाहेर्दैमा

२०८२ जेठ ८ गते १८:०३

काठमाण्डू, ८ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनीहरू रिट हेर्दाहेर्दैमा राखेको हो । लामिछाने...

कर्मचारीलाई रामहरिको जवाफः कुलिङ पिरियडमा बाख्रा चराउनुस् भनेको होइन

२०८२ जेठ ८ गते १७:४९

काठमाण्डू, ८ जेठ– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले फ्रेस हुनका लागि निजामती कर्मचारीहरूलाई कुलिङ पिरियडको व्यवस्था राखिएको बताएका छन । विधेयकमा कुलिङ पिरियडको प्रावधान राखिएको र सो विषय समितिबाट निर्णय भइसकेको भन्दै उनले संसद्‌मा छिटो पठाउनुपर्ने बताएका छन ।...

रवि र छविका वकिलको बहस सकियो, सरकारी वकिलको अन्तिम चरणमा

२०८२ जेठ ८ गते १७:२७

काठमाण्डू, ८ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी दुवैतर्फका अधिवक्ताहरूको बहस सकिएको छ । लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा उनीतर्फका अधिवक्ताहरू र जोशीतर्फका अधिवक्ताहरूले बहस सकिएको हो ।...

द्वन्द्वपीडितलाई केन्द्रमा राखेर काम गर्नूः मानव अधिकार आयोग

२०८२ जेठ ८ गते १७:११

काठमाण्डू, ८ जेठ– राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर काम गर्न आग्रह गरेको छ । पीडितहरूको स्वीकार्यता, विश्वसनीयता र सहयोगबाट मात्र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्दछ भन्ने कुरामा आयोग स्पष्ट रहेको बिहीबार सहसचिव एवं प्रवक्ता डा. टिकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन...

दुर्गा प्रसाईंसहित ५३ जनालाई दुई दिन म्याद थप

२०८२ जेठ ८ गते १७:०३

काठमाण्डू, ८ जेठ– जिल्ला अदालत काठमाण्डूले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको हिंसात्म घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । गत १५ चैतमा काठमाण्डूको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक...

रविका वकिलको बहस सकियो, छविका वकिलको सुरु

२०८२ जेठ ८ गते १५:१४

काठमाण्डू, ८ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा लामिछानेको तर्फका वकिलहरुको बहस सकिएको छ । मंगलबार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ बहस गर्दा गर्दै समय अपुग भएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।...

लेखा समिति सभापति पोखरेल र सदस्य मोदीबीच बैठकमा भनाभन

२०८२ जेठ ८ गते १४:५६

काठमाण्डू, ८ जेठ– आज बिहिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिका सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा बोल्न समय माग्दा सभापतिले रोकेकाले भनाभन भएको माओवादी सांसद मोदीले जानकारी दिएका छन ।...

देउवाले ‘खुट्टा उचाल्ने’ संकेत पाएपछि पछि हटेका थिए ओली

२०८२ जेठ ८ गते १४:०८

काठमाण्डू, ८ जेठ– गभर्नर नियुक्ति प्रक्रिया लम्बिँदै जाँदा सत्ता समीकरणमा देखिएको खटपट गभर्नर नियुक्त भएसँगै तत्कालका लागि टरेको छ । कांग्रेस कोटाबाट विश्व पौडेल गभर्नर नियुक्त भएसँगै तत्कालका लागि गठबन्धनमा देखिएको अविश्वास हटेको सत्तारुढ दलका नेताहरू दाबी छ । गभर्नरका लागि सत्तारुढ कांग्रेस र...

गभर्नर नियुक्ति सँगै ओलीको सत्तासंकट तत्काललाई टरेको हो ?

२०८२ जेठ ८ गते १४:०४

काठमाण्डू, ८ जेठ– गभर्नर नियुक्ति प्रक्रिया लम्बिँदै जाँदा सत्ता समीकरणमा देखिएको खटपट गभर्नर नियुक्त भएसँगै तत्कालका लागि टरेको छ । कांग्रेस कोटाबाट विश्व पौडेल गभर्नर नियुक्त भएसँगै तत्कालका लागि गठबन्धनमा देखिएको अविश्वास हटेको सत्तारुढ दलका नेताहरू दाबी छ । गभर्नरका लागि सत्तारुढ कांग्रेस र...

बाबुराम सबैभन्दा बुद्धि नभएका डाक्टरः प्रचण्ड

२०८२ जेठ ८ गते ८:५६

काठमाण्डू, ८ जेठ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईप्रति कटाक्ष गरेका छन् । बुधबार रूकुम पश्चिममा आयोजित पत्रकार सम्मेलनमा उनले मानिसहरुले बाबुरामलाई सबैभन्दा बुद्धि नभएका डाक्टरका रुपमा चिन्ने गरेको बताए । भट्टराईसँग पार्टी एकता सम्भव...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us