बेँसीशहर, लमजुङ, २५ वैशाख – प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजोका दिनमा राजनीतिक अस्थिरताले देशको विकास हुन सकेको थिएन तर अब राजनीतिक अस्थिरता सकिएकाले विकासको ढोका खुलेको बताएको छ । गृहजिल्लामा तमुह्युला छोँज धी लमजुङ शाखाद्वारा आज आयोजित एक कार्यक्रममा उनले भने, ‘अहिले सिंहदरबारको...
काठमाण्डु, २५ बैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि २ वटा बुटेल प्रुफ कारसहित ५९ जना सुरक्षाकर्मी नेपाल आई पुगेका छन् । सुरक्षाकर्मी र सामाग्री बोकेर भारतीय बायु सेनाको चार्टर विमान मंगलबार ११ बजे काठमाण्डु अवतरण गरेको छ । विमानस्थल स्रोतका अनुसार...
काठमाण्डु, २५ बैशख –– माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ओलीले ‘सत्तासमीकरणको वानी परेकाहरु’ भन्दै ट्वटी गरेका थिए । उक्त ट्वीट आफुप्रति लक्षित भएको प्रचण्डको बुझाई छ । पार्टी...
काठमाण्डु, २५ बैशाख – दीनानाथ शर्मा राष्ट्रिय सभाको संसदीय दलको नेता बन्ने भएका छन् । माओवादी संसदीय दलको मंगलबार बसेको बैठकले दीननाथ शर्मालाई राष्ट्रिय सभाको दलको नेता बनाउने निर्णय गरेको हो । बैठकले संसदीय दलको विधान समेत अनुमोदन गरेको प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी...
काठमाण्डु, २५ बैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर उपमहानगरपालिकाले तीन भाषामा नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । उपमहानगरका प्रमुख कार्यकारी अधिकृत मदन घिमिरेले नेपाली, अंग्रेजी र मैथली भाषा अभिनन्दन पत्र तयार भइसकेको जानकारी दिए । ‘समारोहमा पढेर सुनाउने नेपाली भाषाको पत्रमात्र हो,...
काठमाण्डु, २५ बैशख – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मगुरु श्रीनिवास आचार्यको गोलीकाण्डको स्वतन्त्र छानबिन गर्न सरकारसंग माग गरेका छन् । उनले आफैंमाथि आक्रमण गराएको प्रहरी दाबी सत्य भए त्यो निन्दनीय र भर्त्सनायोग्य हुनेसमेत बताए । थापाले श्रीनिवासलाई गत चैत २५ गते गोली...
काठमाण्डु, २५ बैशाख – सरकारले नेपाल टेलिकमको व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई स्पष्टीकरण मागेको छ । केहि दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राजभण्डारीलाई बोलाएर ‘सन्तोषजनक’ काम नगरेको भन्दै नसुध्रिए कारबाही गर्ने चेतावनी दिएका थिए ।...
काठमाण्डु, २५ बैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्ताङ आउने भएपछि जिल्ला प्रशासन कार्यायलयले त्यहाँ पदयात्री तथा हवाईमार्गबाट आउने यात्रीहरुलाई मुस्ताङ प्रवेश तथा मुक्तिनाथ मन्दिर प्रवेशमा रोक लगाइएको छ । गत वैशाख २३ गते बसेको बैठकले सो निर्णय गरेको हो । शाखा अधिकृत जितेन्द्र...
बेनी, म्याग्दी, २५ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा नागरिक अभिनन्दन गरिने भएको छ । नेपालको दुईदिने राजकीय भ्रमणमा आउने प्रधानमन्त्री मोदी वैशाख २९ गते मुक्तिनाथ पुग्ने कार्यक्रम छ । उनकोे सम्मानमा मुस्ताङवासीले मुक्तिनाथमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको जिल्ला...
काठमाण्डु, २५ बैशाख – नेपाल भ्रमणमा आउने तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसपटक पोखरामा बास बस्ने योजनामा थिए । तर, नेपाली पक्षको जोडबलका कारण उनको त्यो रहर अपुरो रहने भएको छ । छिनछिनमा परिवर्तन भइरहने मौसम र पोखराको सुरक्षा प्रबन्धबारे नेपालले अडान लिएपछि...
गौशाला, २५ वैशाख – जनकपुरधाममा आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन उनको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले दिएको छ । मन्त्री यादवले महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिका गरी...
काठमाण्डु, २५ बैशाख – सरकारले पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह बस्दै आएको घरजग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको फैसलाअनुसार नेपाल ट्रस्टको कार्यालयले सिंहलाई घरजग्गा खाली गराउन पत्र काटेको हो । सिंहले सर्वोच्चमा दायर गरेको पुनरवलोकन मुद्दामा...