मुस्ताङ २९ वैशाख – नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन् । प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थिए । भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गरेका...
काठमाण्डु, २९ वैशाख– नेपालका पूर्वप्रधानमन्त्रीहरुले करिब ४० मिनेट कुरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । मोदी निर्धारित समयमा नआएपछि होटल द्वारिकाजमा ७ पूर्वप्रधानमन्त्रीहरु मोदीलाई कुरेर बसेका थिए । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र...
काठमाण्डु, २९ वैशाख– भारतीय प्रधानमनत्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनमा निक्लिउका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका मोदी शनिबार बिहानै मुक्तिनाथका लागि हिँडेका हुन्। मुक्तिनाथ मन्दिरमा पूजा गरेपछि उनी जोमसोम पुग्नेछन् । ९ बजे त्यहाँबाट काठमाण्डु फर्किएर उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछन् ।...
काठमाण्डु, २९ वैशाख– नेपाल र भारतका प्रधानमन्त्रीबीच आज यहाँ प्रतिनिधिमण्डलस्तरीय वार्ता भयो । वार्तामा नेपाल–भारत सम्बन्धका सबै पक्षमा विचार विमर्श भएको थियो । नेपालको भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको द्विपक्षीय उक्त वार्तामा पारस्पारिक हित र चासोका विषयमा...
काठमाण्डु, २९ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको सम्मानमा शुक्रबार साँझ रात्रिभोजको आयोजना गरेका छन् । त्यस अवसरमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिपरिषद्का सदस्य, प्रदेश नं ३ का प्रमुख, पूर्वप्रधानमन्त्री, संवैधानिक अंगका प्रमुख, सांसद, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, नेपाल प्रज्ञा–प्रतिष्ठानका...
काठमाण्डु, २८ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ होटल द्वारिकाजमा एक्लाएक्लै भेटवार्ता हुने भएको छ । बालुवाटार स्रोतका अनुसार साँझ सवा ६ बजेपछि होटलमा दुई प्रधानमन्त्रीबीच भेट हुनेछ । दुई प्रधानमन्त्रीको एक्लाएक्लै भेटपछि प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्ता...
काठमाण्डु, २८ वैशाख – नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । सैनिक मञ्च टुंडिखेलमा शुक्रबार अपरान्ह आयोजित विशेष समारोहमा मोदीलाई गार्ड अफ अनर दिइएको हो । मोदीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण...
जनकपुरधाम, २८ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारतको आस्था, विश्वास र इतिहास अधुरो भएको बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले प्रदेश नं २ को सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा आज जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा...
काठमाण्डु, २८ वैशाख – छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमण राजनीतिक, धार्मिक र पर्यटकीय दृष्टिले विगतको भन्दा पृथक बन्न पुगेको छ । नेपालमा नयाँ संविधानबमोजिम तीनवटै तहको निर्वाचन र सरकार गठनपछि भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम...
काठमाण्डु, २८ वैशाख –सरकारले स्वीकृत दरबन्दीबाहेक अस्थायी, ज्यालादारी, करारमा नियुक्त गर्न कडाइ गरेको छ । सरकारी निकायले जथाभावी खर्च गर्दा राष्ट्रिय ढुकुटीमा चाप पर्न थालेपछि सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी मार्गदर्शन नै बनाएको छ । मन्त्रिपरिषदले हालै स्वीकृत गरेको मार्गदर्शनमा नयाँ...
वीरगञ्ज, २८ वैशाख – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले छिट्टै प्रादेशिक लोकसेवा आयोग गठन गरेर आवश्यक कर्मचारी नियुक्ति गरिने बताएका छन् । जताजतै कर्मचारी अभावका कुरा आइरहेको समयमा उनले प्रादेशिक लोकसेवा आयोग गठन गरेर राष्ट्रिय मापदण्ड अनुसार नै कर्मचारी नियुक्ति गर्ने...
काठमाण्डु, २८ वैशाख – मकालु गाउँपालिकामा निर्माण भइरहेको बहुचर्चित राष्ट्रिय गौरवको परियोजना अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गर्ने भएका छन् । शुक्रबार (आज) साँझ गर्न लागिएको शिलान्यासका लागि अरुण तेस्रोको ड्यामसाइड निर्माणस्थल फ्याक्सिन्दा...