राजनीति

प्रकाण्डलाई थप दुई दिन थुनामा राख्न आदेश

२०७५ साउन ३० गते २०:१२

काठमाण्डु, ३० साउन–जिल्ला अदालत काठमाण्डुले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक प्रकाण्डलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जिल्ला अदालत काठमाण्डुबाट दुई दिनको म्याद थपिएको जानकारी...

प्रतिवेदन प्रस्तुतिको प्रतीक्षामा इपिजी

२०७५ साउन ३० गते १७:५१

काठमाण्डु, ३० साउन – नेपाल–भारत सम्बन्धका सबै पक्षबारे अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न गठन भएको प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले सम्बन्धित देशका सरकार प्रमुखसँग प्रतिवेदन प्रस्तुतिको प्रतीक्षा गरिरहेको बताएको छ । आफ्नो दुईवर्षे कार्यादेश गत असार १९ गते पूरा गरेको इपिजीले निर्धारित समयभित्रै...

उपभोक्ता संरक्षण विधेयक स्वीकृत

२०७५ साउन ३० गते १५:४३

काठमाण्डु, ३० साउन – प्रतिनिधिसभाको आजको बैठकले ‘उपभोक्ता संरक्षण विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त विधेयकको सैद्धान्तिक पक्षमा धारणा राख्दै सांसदहरूले...

सार्वजनिक सुरक्षासम्बन्धी विधेयक पारित

२०७५ साउन ३० गते १५:२५

काठमाण्डु, ३० साउन – प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक २०७५लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । मन्त्री थापाले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको सार्वजनिक सुरक्षा (तेस्रो संशोधन)...

माेदीकाे पाेखरा र लुम्बिनी भ्रमण रद्द

२०७५ साउन ३० गते १५:१४

काठमाण्डु, ३० साउन – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोखरा र लुम्बिनीको भ्रमण नगर्ने भएका छन् । आगामी भदौ १४ र १५ गते हुने बिमस्टेक सम्मेलनका लागि नेपाल आउन लागेका मोदी लुम्बिनी र पोखरा भ्रमण गर्ने योजनामा थिए । गत बैशाख २८ र २९ गते...

आमाले भनेकै आधारमा जन्मदर्ता हुन्छः मन्त्री यादव

२०७५ साउन ३० गते १४:२८

काठमाण्डु, ३० साउन –उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बाबुको पहिचान नभए पनि आमाले भनेकै आधारमा जन्मदर्ता हुने प्रष्ट आधार सहित सरकारले विधेयक ल्याएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले विधेयकले बाबुको पहिचान नहुनुको कारण मात्रै खोजेको बताए । त्यसलाई...

टीकापुर घटनाका अभियुक्तलाई ३ वर्षपछि अदालत लगियो

२०७५ साउन ३० गते १४:१८

कैलाली, ३० साउन – टीकापुर घटनाको तीन वर्षपछि अभियुक्तहरुलाई अदालत उपस्थित गराइएको छ । पुर्पक्षको लागि थुनामा रहेका अभियुक्तहरुलाई बुधबार जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ । यसअघि साउन २४ मा तोकिएको पेशी जिल्ला न्यायाधीश पर्शुराम भट्टराई अस्वस्थ भएपछि बुधबारका लागि सारिएको थियो ।...

प्रकाण्डको जेल बसाई लम्बियो

२०७५ साउन ३० गते १४:०४

काठमाण्डु, ३० साउन – अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)लाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाण्डुबाट आज पुनः दुईको म्याद थपिएको महानगरीय प्रहरी परिसर काठमाण्डुका डिएसपी मोहनकुमार थापाले जानकारी दिए...

फेरी डा. केसीले राखे नयाँ माग

२०७५ साउन ३० गते १३:३३

काठमाण्डु, ३० साउन – डा. गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक वरिष्ठताका आधारमा नियुक्त गर्न माग गरेका छन् । दलीय वफादारी र भागवण्डाका आधारमा नियुक्ति गर्ने चलखेल भइरहेको भन्दै उनले आपत्ति जनाएका छन् । बैज्ञानिक र पारदर्शी विधि नबन्दासम्म र त्यसको कार्यान्वयनका लागि...

गगनले भनेः किशोर किशोरीबाट परिवार नियोजनको साधन भेटाउनु गलत हैन

२०७५ साउन ३० गते १२:५५

काठमाण्डु, ३० साउन – नेपाली कांग्रेसका सांसद गगन थापाले प्रहरीले किशोर किशोरीलाई पक्राउ गर्दा परिवार नियोजनको साधन फेला पार्नुलाई गलत कामको रूपमा अर्थ्याएकोमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । संसदमा प्रजनन स्वास्थ्यको अधिकारसम्बन्धी विधेयकमा छलफलका क्रममा सांसद थापाले किशोर किशोरीलाई समाउँदै गर्दा परिवार नियोजनको सधान...

सुन तस्करीबारे कांग्रेस सांसदको प्रश्नः ठुला माछा कुन नदीमा पौडी खेलिरहेका छन् ?

२०७५ साउन ३० गते १२:४१

काठमाण्डु, ३० साउन – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद मीना सुब्बाले सुन तस्करीमा साना माछा मात्रै पक्राउ गरेको र ठूला माछा भनिएकाहरू खुल्लम खुला भएकोमा सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले प्रश्न गरिन्, ‘सुन तस्करीका भुरा माछाहरू पक्राउ पर्दा ठूला...

सांसदले गराए सरकारको ध्यानाकर्षण

२०७५ साउन ३० गते १२:११

काठमाण्डु, ३० साउन – प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली काँग्रेसका विमला नेपालीले देशभरका दलित दिनप्रतिदिन प्रताडित भएको गुनासो गर्दै त्यस्तो अमानवीय व्यवहार अविलम्ब अन्त्य हुने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us