मुलुक प्रमुख

अन्तरिक्ष केन्द्रमा नेपाली स्याटेलाइट जोडियो

२०७६ वैशाख ९ गते १४:५२

काठमाण्डु, ९ वैशाख – अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटेलाइट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी स्याटेलाइट...

आईजीपी भन्छन्ः बमजनलाई पक्रिन प्रमाण पुगेन

२०७६ वैशाख ९ गते १४:०८

काठमाण्डु, ९ वैशाख – नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले हत्या र यौनशोषणको आरोप लागेका रामबहादुर बमजनविरूद्ध यथेष्ट प्रमाण नपुगेकाले पक्राउ गर्न नसकिएको बताएका छन् । आफूले कार्यकाल सम्हालेको वर्ष दिन पुगेको अवसर सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानिरीक्षक खनालले उजुरी दिएका केहीले उजुरी फिर्ता...

श्रीलंका हमलापछि काठमाण्डुमा सुरक्षा ‘हाइअलर्ट’

२०७६ वैशाख ९ गते ११:५४

काठमाण्डु, ९ वैशाख – श्रीलंकामा भएको आतंकवादी हमलापछि काठमाण्डुमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । श्रीलंकामा २ सय ९० जनाको ज्यान जानेगरी आइतबार भएको आत्मघाती आक्रमणपछि काठमाण्डु को सुरक्षा ‘हाईअलर्ट’ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान तथा कार्य...

महाकाली अञ्चल अस्पतालमा औषधि अभाव

२०७६ वैशाख ९ गते ११:०९

भीमदत्तनगर, ९ वैशाख – कञ्चनपुरको महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधि अभाव भएको छ । औषधि अभाव हुँदा बिरामी रित्तो हात फर्किन बाध्य छन् । बजेट अभावका कारण औषधि खरिदमा समस्या भएपछि लक्षित वर्गलाई औषधि वितरण बन्द गरिएको महाकाली अञ्चल...

तारा एयरको विमान मन्थलीमा चिप्लियाे

२०७६ वैशाख ९ गते १०:२२

रामेछाप, ९ वैशाख – लुक्लाबाट रामेछाप आएको तारा एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ । सोमबार बिहान नाइन एन८८८ कल साइन भएको डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हो । दुर्घटनामा मानवीय क्षति भएको छैन् । दुर्घटनापछि रनवे बन्द गरिएको...

बागलुङमा घर जलिरह्यो, दमकल सम्झिइयो

२०७६ वैशाख ९ गते १०:१७

बागलुङ, ९ वैशाख – शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन् । गलकोट नगरपालिका–६ चरौँदीका हेमबहादुर खत्रीलाई भने त्यही शनिबार दुःखद् बन्यो । अपराह्नपख शर्माको वडा नं ३ हटिया बजारस्थित घरमा लागेको आगोले विपद्को रुप लियो । हेर्दाहेर्दै तीनतले घर खरानीमा...

आज देशभर हुरीबतास र मेघगर्जनसहित पानी पर्ने

२०७६ वैशाख ९ गते १०:०८

काठमाण्डु, ९ वैशाख – उपत्यकासहित देशभरका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । केही ठाउँको मौसम भने सफा छ । पश्चिमीसँगै स्थानीयले वायुको प्रभावले मौसम बदली भए पनि अहिले तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् विभूती पोखरेलका अनुसार अहिले...

लमहीमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

२०७६ वैशाख ९ गते १०:०३

दाङ, ९ वैशाख – दाङको लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । लमही नगरपालिका–७, बनघुस्रीस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ९१६७ नंको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा ३ प...

पिपरा गाउँपालिका अध्यक्षको निधन

२०७६ वैशाख ८ गते १६:५९

गौशाला, ८ वैशाख – महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको आज बिहान निधन भएको छ । छ दिनअघि अचानक बिरामी भई हेलिकप्टरमार्फत काठमाण्डु लगिएकामा ४५ वर्षीय चौधरीको आज उपचारका क्रममा काठमाण्डुमै निधन भएको राष्ट्रिय जनता पार्टी नेपालका महोत्तरी जिल्ला संयोजक रामप्रगास यादवले बताए...

एयरपोर्टबाट डेढ किलो सुन बरामद

२०७६ वैशाख ८ गते १६:०२

काठमाण्डु, ८ वैशाख – त्रिभुवन विमानस्थलबाट आइतबार एक किलो ६ सय ग्राम सुन बरामद भएको छ । प्रहरीले चेकजाँचका क्रममा विमानस्थलबाट सुनसहित दुई जना कम्बोडियन र दुई थाई नागरिकलाई पक्राउ गरेको हो । थाई एयरबाट नेपाल आएका उनीहरुले ६ वटा चुरा र ३ पिस...

छोरो पाउने आसमा गर्भमै ‘भ्रूण हत्या’

२०७६ वैशाख ८ गते १५:०२

डोटी, ८ वैशाख – जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ गैराकी २५ वर्षीया कालु विकले दुई छोरी पाएपछि अर्की पनि छोरी हुने डरले भारतको पलिया शहरमा गएर हालै गर्भपतन गराएर फर्किइन् । दुई छोरी पाइसक्नुभएकी कालुले अर्को सन्तान पनि छोरी हुने डरले गर्भपतन गराएको बताइन्...

विजयकुमार पाण्डेले दिए अन्नपूर्ण ग्रुप एडिटरबाट राजीनामा

२०७६ वैशाख ८ गते १४:५६

काठमाण्डु, ८ वैशाख – पत्रकार विजयकुमार पाण्डेले अन्नपूर्ण मिडिया नेटवर्कको समूह सम्पादक (ग्रुप एडिटर)बाट राजीनामा दिएका छन् । आफ्नो दोस्रो किताबको प्रकाशन, एपीवान टिभीमा मेगा–सिरिज कार्यक्रमको प्रस्तुतिका लागि समय दिने भन्दै पाण्डेले आइतबार राजीनामा दिएका हुन् । राजीनामाबारे उनले ट्विटरमा लेखेका छन्, ‘०७६ सालमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us