एयरपोर्टबाट डेढ किलो सुन बरामद

काठमाण्डु टुडे २०७६ वैशाख ८ गते १६:०२ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख – त्रिभुवन विमानस्थलबाट आइतबार एक किलो ६ सय ग्राम सुन बरामद भएको छ । प्रहरीले चेकजाँचका क्रममा विमानस्थलबाट सुनसहित दुई जना कम्बोडियन र दुई थाई नागरिकलाई पक्राउ गरेको हो ।

थाई एयरबाट नेपाल आएका उनीहरुले ६ वटा चुरा र ३ पिस बिस्कुट आकारमा पाखुरामा लुकाएर ल्याएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाले थप विवरण आउन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us