मुलुक प्रमुख

नेपाली भूउपग्रहले डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने

२०७६ वैशाख १० गते १५:४८

ललितपुर, १० वैशाख – नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१ भूउपग्रहले अब डेढ महिनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ । यही वैशाख ४ गते प्रक्षेपित उक्त भूउपग्रह वैशाख ६ गते अपराह्न ३ः३० बजे (प्रक्षेपण भएको ३६ घण्टा चालीस मिनेटपछि) पृथ्वीलाई...

राष्ट्रपतिद्वारा जंगी अड्डा भवनको उद्घाटन

२०७६ वैशाख १० गते १५:२१

काठमाण्डु, १० वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको नवनिर्मित जंगी अड्डा भवनको उद्घाटन गरेकी छन् । सैनिक मुख्यालयमा जंगी अड्डामा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले अत्याधुनिक प्रविधियुक्त उक्त नयाँ भवनको उद्घाटन गरेकी हुन् । उनी नेपाली सेनाकी परमाधिपति पनि हुन् । गोरखा...

नेपाली कला–संस्कृतिमा लोभिए चिनियाँ कलाकार

२०७६ वैशाख १० गते १४:५९

काठमाण्डु, १० वैशाख – धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा विविधतायुक्त मुलुक नेपालको मौलिकतामा विदेशी पर्यटक औधी रमाउँछन् । अध्ययनका लागि होस् या घुम्नका लागि विदेशी नागरिकको आकर्षण नेपालमा छ । त्यस्तै आकर्षणले अहिले १८ जना सम्मिलित चिनियाँ चित्रकारको एक समूह नेपालका पुरातात्विक क्षेत्रमा रमाइरहेको...

निमोनियाबाट साकेलाका वडाध्यक्षको निधन

२०७६ वैशाख १० गते १४:४९

खोटाङ, १० वैशाख – निमोनियाका कारण साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएको छ । गत चैतदेखि बिरामी भएका ३९ वर्षीय राईको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउनेक्रममा सोमबार साँझ बाटैमा मृत्यु भएको हो । शुरुमा रुघाखोकीले थलिएका राईमा विस्तारै विषमज्वर र निमोनिया...

फणीन्द्र नेपाल चाबहिलबाट पक्राउ

२०७६ वैशाख १० गते १३:२३

काठमाण्डु, १० वैशाख – ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल पक्राउ परेका छन् । प्रहरी परिसर, टेकुको टोलीले मंगलबार दिउँसो उनलाई चाबहिलस्थित घरबाटै पक्राउ गरेको हो । नरेशकुमार न्यौपानेले लिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएको विषयमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको छ । बोगटीका...

रीना बस्नेत हत्या प्रकरणः पथरी बजार तनावग्रस्त

२०७६ वैशाख १० गते १३:१०

मोरङ, १० वैशाख – मोरङको पथरी शनिश्चरेमा शनिबार बिहान नग्न अवस्थामा मृत भेटिएकी ब्यवसायी २९ वर्षीया रुपा (रीना) बस्नेतको घटनाको वास्तविकता सार्वजनिक गर्न माग गर्दै स्थानीयले आन्दोलन गरेका छन् । मंगलबार बिहान ९ बजेसम्म प्रहरीले सत्यतथ्य सार्वजनिक नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्दै उद्योग...

माइक्रोले स्कुटरलाई ठक्कर दियो, चालकको मृत्यु

२०७६ वैशाख १० गते १२:५२

दमौली, १० वैशाख – पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौलीमा आज माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका–१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट काठमाण्डुतर्फ जाँदै गरेको ग १ य ४८५ नं को...

नेपालगञ्जमा आगलागी, एक करोडको क्षति

२०७६ वैशाख १० गते ११:४१

राँझा, १० वैशाख – नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा क्षति पुगेको छ । धुव्र दाहालले चलाउँदै आएको पसलमा गए राति आगलागी भएको हो । आगलागीका कारण धेरै सामान जलेत नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । उनले विद्युत...

तनहुँमा बस दुर्घटना

२०७६ वैशाख १० गते ११:११

दमौली, १० वैशाख – सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा छ जना घाइते भएका छन् । ना ५ ख ५३३० नम्बरको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा छ यात्रु घाइते भएका हुन् ।...

वीरगन्जमा रोकिराखेका दुईवटा बस जलाइयाे

२०७६ वैशाख १० गते १०:०५

वीरगन्ज, १० वैशाख – वीरगन्जको बाइपास सडकमा सोमबार राति अज्ञात समुहले दुईवटा बसमा आगजनी गरेको छ । बाइपासमा रहेको भिस्वा होटल जाने चोक नजिकै सडक छेउमा रोकेर राखिएका ना ५ ख ३६१४ र ना ५ ख ३६१५ नम्बरका दुई बसमा सोमबार राति साढे ९...

विवाह गरेको पाँच दिनमै पति वियोग !

२०७६ वैशाख ९ गते २१:५९

काठमाण्डु ९ वैशाख–कास्कीमा एक नवविवाहिताले विवाहको पाँच दिनमै श्रीमान गुमाएकी छन् । जिल्लाको पोखरा–७ मासबार निवासी सिर्जना राउत विवाह गरेको खुसी साट्नै नपाई पति वियोगमा परेकी हुन् । उनको पाँच दिनअघि पोखरा–३३ का सन्दीप कुँवरसँग विवाह भएको थियो । सोमबार म्याग्दे–१ गुणादीमा भएको मोटरसाइकल...

जब आईजीपी खनाललाई पत्रकारले यस्तो म्यासेज पठाए…

२०७६ वैशाख ९ गते १६:४०

काठमाण्डु, ९ वैशाख – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सञ्चारकर्मीले आफुसँग केही मागेको र दिन सक्दिन भनेपछि गलत समाचार सम्प्रेषण गरेको आरोप लगाएका छन् । महानिरीक्षक खनालले कार्यकालको एकवर्षको समिक्षा र प्रहरीले गरेका कामकारबाही बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एकजना पत्रकारले केही मागेको गुनासो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us