जब आईजीपी खनाललाई पत्रकारले यस्तो म्यासेज पठाए…

काठमाण्डु टुडे २०७६ वैशाख ९ गते १६:४० मा प्रकाशित

काठमाण्डु, ९ वैशाख – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सञ्चारकर्मीले आफुसँग केही मागेको र दिन सक्दिन भनेपछि गलत समाचार सम्प्रेषण गरेको आरोप लगाएका छन् ।

महानिरीक्षक खनालले कार्यकालको एकवर्षको समिक्षा र प्रहरीले गरेका कामकारबाही बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एकजना पत्रकारले केही मागेको गुनासो गरेका हुन् ।

‘पत्रकारले केही माग्नु भएको थियो,’ पत्रकार सम्मेलनमा महानिरीक्षक खनालले भने ‘दिन सक्दिन भनेको भ्रष्टाचार गर्यो भनेर समाचार निकाल्नु भएछ ।’

महानिरीक्षक खनालले ती पत्रकारको भने नाम खुलाएनन् ।

त्यस्तै आईजीपी खनालले पोखरामा पत्रकार पक्राउ परेको विषय पनि कोट्याए । खनालले भने, ‘हामीलाई प्रहरी भर्सेस पत्रकार बन्नु छैन ।’

केन्द्रीय अनुसन्धान ब्युरोले केही समय अगाडि पक्राउ गरेका पत्रकार सम्बन्धित अनलाइन दर्ता नभएको कारणले मात्र नियन्त्रणमा लिएको महानिरिक्षक खनालले दाबी गरे ।

खनालले थपे, ‘प्रेस काउन्सिलमा पत्र आउँदा दर्ता भएको छैन भन्ने आयो । दर्तामा नआएपछि प्रहरीले के हेरिरहेको छ भनेर प्रश्न तपाइहरुले पनि उठाउँदै आउनु भएको हो । पछि दर्ता भएको रहेछ भन्ने आएपछि उसलाई राखिरहनु हुन्न भनेर निर्देशन दिएको हुँ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us